४ वैशाख २०८१ मंगलबार
कला

कुशल बने ‘दीप सिंगिङ स्टार’

दीप सिगिङ स्टारको विजेता र अन्य पुरस्कृत प्रतिभाहरु ।

रुपन्देही- विद्यालय तहबाटै साँगितिक प्रतिभाका विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालित ‘दीप सिंगिङ स्टार’ सिजन नौं को उपाधि कुशल आचार्यले प्राप्त गरेका छन्। बुटवल क्षेत्रमा विगत एक दशकदेखि दीप बोर्डिङ हाई स्कूलले ‘दीप सिगिङ स्टार सञ्चालन गर्दै आएको छ। ४८ वटा विद्यालयका विद्यार्थीहरुलाई पछि पार्दै शान्ति नमूना मा.वि. मणिग्राम रुपन्देहीका विद्यार्थी आचार्यले उपाधि उचाल्दै नगद ३० हजार रुपैयाँ, शिल्ड र प्रमाण पत्रबाट पुरस्कृत भएका हुन्।

द्वितीय हुनेले १५ हजारका साथ सिल्ड र प्रमाण पत्र, तृतीय हुनेले १० हजारका साथ सिल्ड र प्रमाण पत्र तथा चौथो हुने २ जनाले दुई÷दुई हजारका साथ सिल्ड र प्रमाण पत्र प्राप्त गर्ने छन् भने अन्तिम चरणमा समावेश यस बाहेकका अन्य ५ जना प्रतिस्पर्धीले समेत १/१ हजारका साथ प्रमाण पत्र प्राप्त गरेका छन्।

प्रतियोगितामा एभरेष्ट बोर्डिङ स्कुलकी सचिना पन्थी द्वितीय, सिद्धार्थ बोर्डिङ स्कूलका सलिन भट्टराई तृतीय, देवदह मदरटङ्ग स्कुलबाट सुमन गुरुङ र डन चिल्ड्रेन एकेडेमीकी विज्ञानी पराजुलीले सान्त्वना स्थान प्राप्त गरेका छन्।
शिक्षा विकास तथा समन्वय इकाई समितिका कार्यालय प्रमुख दीपेन्द्र ढकालले दीप बोर्डिङ हाई स्कूलले शैक्षिक उन्नयनमा मात्रै नभई गायन क्षेत्रका नव प्रतिभाहरुलाई समेत प्रोत्साहन गर्ने काम गरेकोमा प्रशंसा गरे।

४८ विद्यालयबाट उत्कृष्ट १० जना विद्यार्थीविच अन्तिम प्रतिस्पर्धाबाट ‘दीप सिगिङ स्टार (दीप गायन तारा ) को नतिजा घोषणा गरिएको हो। रुपन्देहीका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरुले प्रतिस्पर्धामा भाग लिएर साँगितिक क्षेत्रमा भविष्य खोज्ने बाटो तय गर्न यो प्रतियोगिता सहयोगी देखिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद ढोँजूले विद्यार्थीभित्र रहेको साँगितिक प्रतिभालाई उजागर र प्रोत्साहन गर्नका लागि आफूहरुले यो गायन प्रतियोगिता आयोजना गरेको जानकारी दिए।

प्रतियोगितामा अतिथि निर्णायकका रुपमा आएका हेमन्त शर्माले छोटो अवधिमा गरिएको प्रतिस्पर्धामा निकै राम्रा प्रतिभाले प्रतिस्पर्धा गरेको भन्दै विद्यालयले संगितमा पु¥याएको योगदान अनुकरणीय रहेको बताए। नवौँं सिजनसम्म आइपुग्दा प्रतियोगिताको उचाई र प्रतिस्पर्धी बढ्दै गएको भन्दै संगितमा लाग्ने प्रतिभाका लागि एउटा अवसर मिलाउने काम गरेको विद्यालयका प्रचार्य टिकराम न्यौपानेले बताए।

प्रतियोगिताको सङ्गीतकार नारायण थापा, राष्ट्रिय गायक विनोद गुरुङ र गायक प्रेम नेपालीले निर्णायकको भूमिका निर्वाह गरेका थिए। विद्यालय प्राङ्गणमा गरिएको फाईनल प्रतिस्पर्धामा पूर्व विजेताहरुले समेत आफ्नो प्रस्तुती राखेका थिए।
 

प्रकाशित: ६ फाल्गुन २०७६ १२:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App