१६ चैत्र २०८० शुक्रबार
कला

अमिताभलाई राजी गराउन मुस्किल

मुम्बई  (एजेन्सी) – बलिउड अभिनेता अमिताभ बच्चन फिल्मको कथावस्तु छनोट गरेर काम गर्छन्। उनको यस किसिमको शैलीले अधिकांश फिल्ममेकरहरू उनीसँग काम गर्न संकोच मान्छन्। बलिउड फिल्म निर्देशक आर बाल्कीले अभिनेता बच्चनको फिल्म छनोट गर्ने शैलीका कारण काम गर्न अफ्ठ्यारो भएको अनुभव भारतीय संञ्चारमाध्यमलाई सुनाएका छन्।

अभिनेता बच्चनद्वारा अभिनित ‘चिनी कम’, ‘पा’ र ‘समिताभ’ फिल्म निर्देशन गरिसकेका निर्देशक बाल्कीले कथावस्तुमा राजी गर्न चुनौतीपूर्ण हुने अभिव्यक्ति दिएका थिए। ‘अभिनेता बच्चनलाई फिल्ममा कास्ट गर्न ग्राहो हुन्छ। फिल्मको अन्तिम मितिसम्म उनले साइन गर्छन कि गर्दैनन् भन्न सकिन्न,’ निर्देशक बाल्कीले भने, ‘समिताभ फिल्म बक्स–अफिसमा असफल भएपनि यसअघि यस्ता फिल्म बनेका थिएनन्। म बच्चनको स्वरको सम्मान गर्दछु। उनले यस फिल्मका असफल अभिनेताको भूमिका निर्वाह गरेका थिए।’ उनका अनुसार बक्स–अफिसमा असफल भएपनि ‘समिताभ’ फिल्मले अभिनेता बच्चनलाई फरक शैलीमा प्रस्तुत गरेको थियो।

अभिनेता बच्चन फिल्म साइन गर्नुअघि बुहारी ऐश्वर्या राय र छोरी स्वेता बच्चनसँग परामर्श लिने गर्छन्। उनले एक कार्यक्रममा भनेका थिए, ‘फिल्म छनोट गर्नु भनेको चुनौती स्वीकार्न सक्षम हुनु हो। ऐश्वर्या र स्वेताले विचार पु-याएर काम गर्छन्। अझ स्वेताले दिएको सुझावमा परिवारका सबै सदस्यहरू सहमत हुन्छन्। उनले फिल्मको कथा सुनेर प्रतिक्रिया दिने गर्छिन्। उनी फिल्मको व्यापारिकदेखि कलात्मक पाटोका अनुमान गर्न माहिर छिन्। उनले मलाई फिल्मको स्क्रिप्ट छान्न सहयोग गर्छिन्।’

प्रकाशित: १ फाल्गुन २०७६ ०४:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App