८ वैशाख २०८१ शनिबार
कला

सभागृहमा राष्ट्रिय कविता महोत्सव हुने

काठमाडौं – टोखास्थित न्हुजः खलः पुस्तकालयले राष्ट्रिय युवा कविता प्रतियोगिता तथा कार्यशालाको आयोजना गर्ने भएको छ। विभिन्न जिल्लाबाट छनोट भएका एक सयजना कविहरूले महोत्सवमा प्रतिस्पर्धा गर्दैछन्।

युवा पुस्तालाई प्रोत्साहित गर्न महोत्सवको आयोजना गर्न लागिएको न्हुजः खलः पुस्तकालयले जानकारी गराएको छ। ‘राष्ट्रिय युवा परिषद्मार्फत महोत्सवमा सहभागी हुने कविहरू छनोट भएका हुन्। संकलित कविताहरूमध्येबाट विभिन्न जिल्लाको प्रतिनिधित्व गर्ने सय कविहरू छनोट भएका छन्,’ न्हुजः खल पुस्तकालयका अध्यक्ष दीपेन्द्र श्रेष्ठले भने।

आगामी फागुन ११ देखि राजधानीको सभागृहमा आयोजना हुने तीन दिने महोत्सवमा १८ देखि ४० वर्षका कविहरूले कविता वाचन गर्दैछन्। महोत्सवमा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ प्राप्त गर्नेछन्। सो अवसरमा देशको विकास र समृद्धिबारे विज्ञहरूले कार्यपत्र प्रस्तुत गरिनेछ। ‘मेरो देश म चिनाउँछु’ शीर्षकमा प्रत्येक प्रदेशका सहभागीले आफ्नो प्रदेशको अवस्था, समस्या र सम्भावनाका बारेमा प्रस्तुतिकरण गर्नेछन्।

प्रकाशित: २८ माघ २०७६ ०४:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App