६ वैशाख २०८१ बिहीबार
कला

गीतमा हुम्लाको अन्तरजातीय प्रेम कथा

काठमाडौं–तन्नेरी जगदिश हमालले हुम्लाको अन्तरजातीय प्रेम कथामा आधारित म्युजिक भिडियो ‘रातो टालो’ बनाएका छन्। यसमा उनले धामी केटा र दलित केटीबीचको प्रेम कथा दर्शाएका हुन्। गीति भाकामा बनाएको २२ मिनेट लामो  भिडियोमा पचास वर्ष अगाडिको कथा चित्रण गरिएको छ। 

‘रातो टालो’ फ्रेबुअरी १४ अर्थात् प्रेम दिवसका दिन काठमाडौंमा प्रदर्शन गर्ने तयारी भैरहेको हमालले जानकारी दिए। गीतमा हमाल एवं गायिकाद्वय माण्डवी त्रिपाठी र दिव्या पन्तले स्वर दिएका छन्। 

कानुनमा मान्यता पाए पनि समाजमा अन्तरजातीय विवाहले मान्यता पाइसकेको छैन। ‘रातो टालोमा अन्तरजातीय विवाह गर्दाको दुःख मात्र होइन’, हमाल भन्छन्, ‘यसमा हुम्लाको ग्रामीण जीवन र संस्कृतिको सुवास पनि झल्काइएको छ।’

यस गीति कथाका निर्देशक डायमण्ड उप्रेती हुन् भने प्राविधिक समूहका  सदस्यहरूमा आष्मा पोखरेल, इतुसा पोखरेल र अविनास लामा छन्। त्यसैगरि गीतमा सूर्य ब. शाही, युविना भट्टराई, जगदिश हमाल, शोभा शाही, छिरिङ लामा र सदिक्षा रोकायले अभिनय गरेका छन्।

मंगलबार हमालको जन्म दिनको अबसरमा फस्र्ट फ्याक्ट्रिबाट रातो टालोको पोष्टर सार्बजनिक गरिएको थियो। तेह्र महिना लगाएर बनाइएको यस गीति कथाबाट हुम्लाको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने आशा गरिएको छ।

 

प्रकाशित: १५ माघ २०७६ ११:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App