१५ चैत्र २०८० बिहीबार
कला

'मिमी' का लागि १५ किलो तौल बढाउँदै कृति सेनन

एजेन्सी- हरेक चलचित्रमा दुब्लो र फिट लुक्समा देखिने अभिनेत्री कृति सेननलाई अब फरक रुपमा देख्न सकिनेछ। उनले पंकज त्रिपाठीकाे चलचित्र 'मिमी' का लागि आफ्नो १५ किलो तौल बढाउने भएकी छिन्। उक्त चलचित्रमा उनी सरोगेट मदरको भूमिकामा देखिने छिन्।

कृतिले आफ्ना लागि तौल बढाउने कार्य एकदमै चुनोतीपूर्ण भएको बताएकी छिन्। उनी यस भूमिका प्रति धेरै उत्साहित पनि देखिएकी छिन्। उक्त भूमिकाले आफूलाई एकदमै छोएकोले यसलाई उत्कृष्ट बनाउन सबै कामबाट टाढा रहेर यसमै केन्द्रीत रहने बताइन्।

कृतिले १५ किलो तौल बढाउन हेवी डाइट खान सुरु गरिसकेकी छिन्। कहिले डाइटमा रहेकी उनले अहिले तौल बढाउन पनिर, मिठाई, घ्यू, जंकफुड, तारेका खानेकुरा, आलु जस्ता चिल्लो र फ्याटयुक्त खानेकुराहरू खान थालेकी छिन्। छोटो समयमा तौल बढाउनलाई कहिलेकाहीं भोक नलाग्दा समेत खानु पर्ने बाध्यता उनी सुनाउँछिन्।

यसअघि पनि धेरै अभिनेत्रीहरुले चलचित्रका लागि आफ्नो तौल बढाउने र घटाउने कार्य गरिसकेका छन्। भूमि पेडनेकरले चलचित्र 'दम लगा के हईशा' का लागि ३० किलो तौल बढाएकी थिइन्। त्यस्तै, विद्या बालन ले फिल्म 'द डर्टी पिक्चर' का लागि १२ किलो तौल बढाएकी थिइन्।

यस्तै, करीना कपुर खानले फिल्म 'टशन' का लागि जीरो फिगर बनाएकी थिइन्। बलिउडमा डेब्यूका लागि परिणीति चोपडा, सोनम कपुर, सोनाक्षी सिन्हा र आलिया भाट समेतले आफ्नो तौल घटाएका थिए।

 

 

प्रकाशित: २९ पुस २०७६ ०८:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App