coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

राई र चेम्जोङले ल्याए पहिलो गीत

इलाम- प्रहरी हवल्दार विजय मुकारुङ राई र व्यवसायी धिरेन्द्र चेम्जोङले आफ्नो स्वरमा रेकर्ड भएको पहिलो गीत सार्वजनिक गरेका छन्। राई र चेम्जोङले सदरमुकाममा आइतबार आयोजित समारोहमा आफ्ना गीतको म्युजिक भिडियोसमेत विमोचन गरे।

राईको स्वरमा रहेको ‘सयौं तारासँग भिग मागेर’ गीतको रचना बालकृष्ण गौतम र संगीत रमेश सुनुवारले गरेका छन्। गीतको भिडियोमा इलामकै कलाकारहरू सुमन काफ्ले, साहिल तामाङ, सलिना अधिकारी, सुजा सुनुवार र चन्द्र श्रेष्ठले अभिनय गरेका छन्। आफ्नो पहिलो गीत सोचे भन्दा राम्रो भएको भन्दै गायक राईले राष्ट्रसेवक प्रहरीको व्यस्तताबाट समय निकालेर आफूले सांगीतिक रहर स्रोता–दर्शकसामु पस्किने प्रयास गरेकोे बताए। बुढासुब्बा म्युजिक सेन्टरले राईको गीत आइतबार अपराह्न युट्युबमा समेत अपलोड गरेको छ।

व्यवसायी चेम्जोङको स्वरमा रहेको ‘फालेलुङमुनि च्याङथापु बजार’ गीत मीना राईको शब्द र रमेश सुनुवारकै संगीतमा छ। गीतको भिडियोमा सौरभ तामाङ र सुजा सुनुवारले अभिनय गरेका छन्। यो गीत आउँदो माघ २ गते अपराह्न २ बजेदेखि युट्युबमा हेर्न सकिने चेम्जोङले बताए।

कार्यक्रममा इलाम नगरपालिकाका प्रवक्ता तथा वडा ५ का अध्यक्ष ठाकुरनारायण श्रेष्ठ र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जबेगूलगायतका वक्ताले स्थानीय कलाकारले समेत गीतमा अभिनयको मौका पाएको बताए। पर्यटन वर्ष सन् २०२० को सुरुमा सार्वजनिक भएको गीतका माध्यमबाट इलाम र पाँचथरका ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा सहयोग पुग्ने पनि वक्ताले औंल्याए।

प्रकाशित: २८ पुस २०७६ ०७:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App