coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

सारंगीमा ‘हाम्रो बाजा, हाम्रै धुनु

काठमाडौं – २९८ औं पृथ्वी जयन्ती तथा नेपाल भ्रमण वर्ष २०२० को अवसरमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले ‘हाम्रो बाजाः हाम्रै धुनु नामक कार्यक्रमको आयोजना गरेको छ। आइतबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘हाम्रो बाजाः हाम्रै धुनु नामक सांगीतिक प्रस्तुतिमा नेपालका १६ वटा मौलिक धुनहरू प्रस्तुत गरिएका थिए।

कार्यक्रममा १७ जना सारंगी वादक तथा अन्य वाद्यवादक र ४० जना कलाकारहरूले नेपालमा प्रचलित मौलिक धुनलाई सारंगीमा रेटेर मञ्चमा प्रस्तुत गरेका थिए। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायल)ले कार्यक्रममा बोल्दै नेपाली लोक बाजाहरुको संरक्षणका लागि प्रतिष्ठानले कार्यक्रमको आयोजना गरेको बताए। उनले लोप हुने अवस्थामा रहेको नेपाली मौलिक बाजा सारंगीको प्रवद्र्धनमा जोड दिए।

कार्यक्रममा नेपाली विभिन्न भेषभूषामा सजिएका कलाकारहरुले मंगल धुन, सोरठी, असारे, मैथिली, कौडा, सिर सया हेकु, संगिनी धुन र पंचेबाजामा पूर्वेली लोक भाका प्रस्तुत गरेका थिए। त्यसलगत्तै धिमाल, साकेला, म्हेन्दोमाया , थकाली र देउडा धुनलाई मिश्रण गरी प्रस्तुति दिएका थिए। कार्यक्रममा बोल्दै संस्कृति मन्त्री योगेश भट्टराईले नेपाली मौलिक लोक बाजाहरूका माध्यमबाट विविधताले भरिपूर्ण नेपाललाई एकतावद्ध गर्न सघाउने बताए। ‘स–साना बाईसे तथा चौबिसे राज्यहरूलाई एकिकरण गर्दै मेचीदेखि महाकाली सिमा कायम गर्न पृथ्वीनारायण शाह र त्यस पश्चातका राजाहरूले खेलेको भूमिका अतुलनिय रहेको हुँदा लोपोन्मुख बाजाहरुलाई संरक्षण र संवद्र्धन गर्दै विदेशी पर्यटकहरु समक्ष प्रस्तुत गरी बाजाहरूको माध्यमबाट विविधतामा एकताको सन्देश दिनुपर्छ,’ उनले भने।

प्राज्ञ सदस्य अशोककुमार राईको संयोजनमा आयोजित कार्यक्रममा भरत नेपाली, धर्म गन्धर्व, अरुणा गन्धर्व, सन्तोष पाठक, सञ्जोक मल्ल, किरण महर्जन, राजु महर्जन, डेनियल व्रिmष्टिफर सुब्बा, आयुष्मा जोशी, राहुल मानन्धर, मौसम सुनुवार, सरुण मानन्धर, खुम केसी, किम राई, सबिन लिम्बु, विकल खड्का र तुलसीप्रसाद नेपाललगायत सारंगी वादकहरू सहभागी थिए।

बाँसुरीमा रत्न विक, सनाईमा धनबहादुर गुरुङ, जीवन राई, अनिल थापा, पोषण घर्ती र राम मगराती थिए। कलाकार कला राई, दुर्गा परियार, मुन्ना गुरुङ, गंगा राई, सञ्जय तुम्रोक, सुशन साम्सोहाङ, पासाङवाङ्जु शेर्पा, मिंमर लामा, सन्दुप लामा, छिरिङ दोर्जे शेर्पा, खावा लामा, पेमा लामा र हिरन राईले प्रस्तुति दिएका थिए।

प्रकाशित: २८ पुस २०७६ ०३:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App