८ वैशाख २०८१ शनिबार
कला

ग्रामीमा एरियानाले प्रस्तुति दिने

न्युयोर्क (एजेन्सी) – गायिका एरियाना ग्रान्डेले ६२ औं ग्रामी अवार्डमा प्रस्तुति दिने भएकी छन्। उनले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै ग्रामी अवार्डमा प्रस्तुति दिने जानकारी गराएकी थिइन्।

‘जनवरी २६ मा आयोजना हुने ग्रामी अवार्डमा भेटौंला,’ उनले ट्वीट गरेकी छन्। ग्रामी अवार्डको आयोजक द रेकडिङ एकेडेमीले सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गर्दै गायिका ग्रान्डेले आगामी जनवरी २६ मा प्रस्तुति दिने जानकारी गराएको थियो। गायिका ग्रान्डे यस वर्षको ग्रामी अवार्डअन्तर्गतका विधाहरूमा मनोनयनमा परेकी छन्।

त्यस्तै नेपाली सांगीतिक ब्याण्ड १९७४ एडीका पूर्व सदस्य तथा बाँसुरी वाद्यक मनोज सिंह ग्रामी अवार्डको ‘बेस्ट न्यु एज एल्बम अफ द इयर’ विधामा ‘देवा’ एल्बमबाट कन्टेम्प्रोरी म्युजिकअन्तर्गत मनोनित भएका छन्। उनले संगीतकार देवा प्रेमलसँग सहकार्य गरेर सो एल्बममा सहकार्य गरेका थिए। ग्रामी अवार्डको ६२ औं संस्करण आगामी जनवरी २७ मा लस एन्जलसमा आयोजना हुँदैछ।

प्रकाशित: २८ पुस २०७६ ०३:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App