८ वैशाख २०८१ शनिबार
कला

निबन्ध संग्रह ‘पिल्ग्रिमेज’ दुई भाषामा सार्वजनिक

काठमाडौ- साहित्यकार डा. गोबिन्दराज  भट्टराईद्वारा अंग्रेजीमा लिखित निबन्ध संग्रहको संगालो ‘पिल्ग्रिमेज’ तथा सोही पुस्तकको टेकनारायण ढकालद्वारा नेपालीमा अनुवादित कृति ‘आराधना’ एक कार्यक्रमबीच शनिबार राजधानीमा बिमोचन गरियो।

पुस्तकको लोकापर्ण गर्दै बरिष्ठ साहित्यकार डा. तुलसि भट्टराइले पुस्तक नयाँ पुस्ताका लागि नेपालको शैक्षिक जगतका बिबिध आयाम थाहा पाउन पुस्तक निकै उपयोगी रहेको बताए। ‘नेपालको शिक्षाको अवस्थालाई अझ नयाँ रुपमा जान्न यो पुस्तक उपयोगी छ भन्ने मलाई लागेको छ’ उनले भने।

साहित्यमा नयाँ व्यक्ति आउने क्रम जारी रहेको बताउँदै उनले कुनै पनि व्यक्ति उ जन्मेको भूगोल र परिवेशले पनि साहित्यकार बन्न प्रेरित गर्ने गरेको चर्चा गरे। ‘बाल्यकालमा अनेक संघर्ष गरेर आएका ब्यक्ति नै साहित्य क्षेत्रमा सफल भएको पाएको छु’ उनले भने। अनुवादका क्षेत्रमा आफूले पनि लामो समय काम गरेको उनले बताए।

‘पिल्ग्रिमेजको जन्म भएपछि त्यसको अनुवाद आराधना पनि प्रकाशित गर्न सम्भव भयो। त्यसकारण अनुवाद भनेको एक किसिमले नयाँ सृष्टि हो’ उनले भने। कार्यक्रममा पुस्तकको महत्वका बिषयमा अनुवादक बलराम अधिकारी र रामबहादुर पांडे लगायतले धारणा राखेका थिए। लेखक डा. गोबिन्दराज भट्टराई र अनुवादक टेकनारायण ढकालले पुस्तक नयाँ पुस्ताका लागि महत्वपूर्ण हुने अपेक्षा लिएको बताए।

ओरेन्टल प्रकाशन बागबजारले प्रकाशन गरेको यस पुस्तकमा शिक्षाको महत्व, नेपालको शिक्षा प्रणालीमा सुधार गर्नुपर्ने पक्ष तथा पश्चिमा शिक्षाका कारण नेपालको शिक्षामा परेका नकारात्मक असर लगायतका बिषयमा निबन्ध समेटिएका छन्।

प्रकाशित: २९ मंसिर २०७६ १२:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App