८ वैशाख २०८१ शनिबार
कला

फेरियो आमिरको गेटअप

मुम्बई – बलिउड अभिनेता आमिर खान नयाँ गेटअपमा देखिएका छन्। नयाँ फिल्म ‘लालसिंह चड्डा’ को लागि २० केजी तौल घटाएको उनी सो फिल्मका गेटअप बाहिरिएको छ। हाल ‘लालसिंह चड्डा’ फिल्मको सुटिङमा व्यस्त उनको गेटअप सामाजिक सञ्जालमा भाइरल भएरहेको छ। सुटिङ स्थलबाट बाहिरिएको उनको गेटअपलाई लिएर विभिन्न टिकाटिप्पणाी आइरहेका छन्। लामो कपाल र दाह्रीसहितको गेटअपबारे अभिनेता खानले कुनै प्रतिक्रिया दिएका छैनन्।

सन् १९९४ को ओस्कार विजेता हलिउड फिल्म ‘फोरेस्ट गम्प’को रिमेक भनिएको ‘लालसिंह चड्डा’ का लागि यसअघि उनले तौल घटाएका थिए। सो फिल्म सन् १९८६ मा विन्सटनको उपन्यासमाथि बनेको थियो। फिल्म फरेस्ट गम्प नामका एक पात्रको जीवन वरिपरि घुमिरहन्छ। ‘सिक्रेट सुपरस्टार’ निर्देशन गरिसकेका अद्वैत चन्दनले ‘लालसिंह चड्डा’ लाई निर्देशन गरेका छन्। यसअघि अभिनेता खानले ‘पिके’, ‘दंगल’, ‘गजनी’ र ‘थ्री इडियट्स’ फिल्मका लागि तौल घटाएका थिए।

प्रकाशित: २६ मंसिर २०७६ ०४:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App