३१ असार २०७७ बुधबार
कला

अनमोलको अवार्ड मोह

काठमाडौं – प्राय गुमनाम रहने अभिनेता अनमोल केसीले पछिल्लो समय आयोजना भएका फिल्म अवार्ड समारोहमा लगातार अवार्ड जितिरहेका छन्। उनी सहभागी हुने गरेका फिल्म अवार्डबाट खाली हात फर्किएका छैनन्। अवार्ड नपाउने फिल्म समारोहमा उनी सहभागी हुँदैनन्।

अभिनयमाथि लुक्स हाबी भएको आरोप लाग्दै आएको अभिनेत्री केसी अवार्डमुखी भएका छन्। देश र विदेशमा आयोजना हुने सबै खाले फिल्म अवार्ड समारोहमा आफ्नो पोल्टोमा अवार्ड आउने निश्चित भएपछि उनी सहभागी हुने गरेका छन्।

हालै अभिनेत्री झरना थापाको ‘ए मेरो हजुर–४’ मा अनुबन्द भएलगत्तै जापानमा आयोजना भएको सूर्य इन्टरनेसनल अवाडलर अभिनेताको अवार्ड जितेको फोटो उनले सामाजिक सञ्जालमा राखेका थिए। त्यसलगत्तै अमेरिकामा आयोजना भएको ग्लोबल नेपाली फिल्म अवार्डमा स्टार अफ द इयरको अवार्ड प्राप्त गरे। एकपछि अर्को अवार्ड थाप्न लागि परेका उनले सामाजिक सञ्जालमा राखेको फोटोमा अभिनेता केसी अवार्डमुखी भएको प्रतिक्रिया आइरहेका छन्।

प्रकाशित: १७ मंसिर २०७६ ०९:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App