१५ चैत्र २०८० बिहीबार
कला

किम्फको नेपाल पानारोमामा १४ वटा फिल्म छनोट

काठमाडौं – पर्वतीय विषयवस्तुमा आधारित फिल्महरुको काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) को नेपाली पानारोमाअन्तर्गत १४ वटा फिल्महरु प्रदर्शन हुँदैछन्। आगामी मंसिर २५ देखि २९ सम्म राजधानीको सभा गृह र नेपाल पर्यटन बोर्डको हलमा आयोजना हुने किम्फको १७ औं संस्करणअन्तर्गत नेपाली पानारोमामा १४ वटा फिल्म प्रदर्शन हुने जानकारी शुक्रबार आयोजक हिमाल एसोसिएसनले प्रेस विज्ञप्तिमार्फत गराएको थियो।

नेपाली पानारोमाअन्तर्गत सरला थापाको ‘ब्रिटेन्स् लोन्ली गोर्खास्, गणेश पाण्डेको ‘सह–श्रीमान’, निपिल शर्माको ‘अटिसार्गा’, धोंडप छिरिङको ‘आमा खुन्डो’, सुमन सापकोटाको ‘अठारौं’, धनराज बर्कोटेको ‘एउटा रुखको पीडा’, केदार श्रेष्ठको ‘जुनुको जुत्ता’, प्रसिस बज्राचार्यको ‘कोक्रो’, ‘पहिचान’, ‘फुर्वा’, ‘साइलेन्स प्लिज’, ‘रंगहीन पुतली’, ‘द कलरलेस’ र ‘तिर्खा’ लगायत फिल्म प्रदर्शन हुनेछन्। महोत्सवमा २९ देशका ६६ वटा फिल्महरू प्रदर्शन हुनेछन्। प्रदर्शन गरिने फिल्महरुमा १७ वटा फिल्म प्रतिस्पर्धात्मक खण्डमा छन् भने ३२ फिल्म गैर–प्रतिस्पर्धात्मक खण्डमा समावेश गरिएका छन्।

किम्फमा २९ देशका ६६ वटा फिल्महरू प्रदर्शन हुनेछन्। प्रदर्शन गरिने फिल्महरुमा १७ वटा फिल्म प्रतिस्पर्धात्मक खण्डमा छन् भने ३२ फिल्म गैर–प्रतिस्पर्धात्मक खण्डमा समावेश गरिएका छन्। ‘परिवर्तित नेपाल’ शीर्षकको तीन मिनेटको सर्ट फिल्म प्रतियोगितामा छनोट भएका उत्कृष्ट १० फिल्महरु महोत्सवमा प्रदर्शन हुनेछन्।

महोत्सवको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः दुई लाख, १ लाख ५० हजार र एक लाख रुपैयाँ जित्नेछन्। नेपाल पानोरामाअन्तर्गत उत्कृष्ट हुने कथानक (फिक्सन) र गैर–कथानक (ननफिक्सन) फिल्मलाई क्रमशः एक लाख र ७५ हजार रुपैयाँ प्रदान गरिनेछ। माफिल कोट्स (बेलायत), जे. क्यु ली(कोरिया) र ग्याब्रियला कुह्न(पोल्याण्ड) सहितको निर्णायक टोलीले महोत्सवको उत्कृष्ट फिल्महरु छनोट गर्नेछन्।

यसपटक किम्फले आयोजना गरेको ‘परिवर्तित नेपाल’ शीर्षकको तीन मिनेटको सर्ट फिल्म प्रतियोगितामा छनोट भएका उत्कृष्ट १० फिल्महरु महोत्सवमा प्रदर्शन हुनेछन्। ‘पछाडि पारिएकाहरुको आवाज’ नारासहित आयोजना हुन लागेको महोत्सवको उद्घाटनमा ‘द एसेन्ट अफ एभरेष्ट’ फिल्म प्रदर्शनी हुनेछ। महोत्सवमा फ्रेन्च नागरिक डेनिस पौलेद्वारा खिचिएका नेपालका ४० वर्ष पुराना तस्बिरहरूको प्रदर्शनमा राखिनेछन्। एसियाली कला संग्रहालयबारे छिरिङ शेर्पा र साहसिक फिल्म निर्माणसम्बन्धी माइकल डिलनले मास्टरक्लास दिनेछन्।

‘नेपाली फिल्महरुलाई अन्तराष्ट्र्रियस्तरमा पु-याउन पाँचदिने महोत्सव लागि परेको छ। फिल्म बनाउन आर्थिक रुपमा सक्षम हुनपर्ने हुँदा हामीले पनि काम गर्न सकिरहेका छैनौं। पछिल्लो समय नेपाली फिल्मलाई अन्तराष्ट्र्रिय बजारमा पु¥याउन गृहकार्य गरिरहेका छौं,’ महोत्सवको आयोजक हिमाल एसोसिएसनका कार्यकारी निर्देशक वसन्त थापाले भने, ‘यसपटक २९ देशका ६६ वटा फिल्महरू प्रदर्शन हुनेछन्। प्रदर्शन गरिने फिल्महरुमा १७ वटा फिल्म प्रतिस्पर्धात्मक खण्डमा छन् भने ३२ फिल्म गैर–प्रतिस्पर्धात्मक खण्डमा समावेश गरिएका छन्।’

प्रकाशित: १५ मंसिर २०७६ ०३:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App