१६ चैत्र २०८० शुक्रबार
कला

बलात्कारको आरोपी के–पप स्टार जेल चलान

सिओल – दक्षिण कोरियाको उच्च अदालतले के–पप स्टार जङ जुन यङलाई सामूहिक बलात्कार र सो सम्बन्धी भिडियोको फुटेज सार्वजनिक गरेको आरोपमा दोषी ठहर गर्दै जेल चलान गरेको छ। जङ र एफटी इज्ल्यान्ड नामक के–पप ब्याण्डको पूर्व सदस्य चोय जङ हुनलाई दुई फरक सामूहिक बलात्कारको आरोपमा अदालतले दोषी ठहर गरेको थियो। उनीहरुलाई क्रमशः छ र पाँच वर्षको जेल सजाय सुनाएको छ। उनीहरूलाई बालबालिकासँग काम गर्न निषेश गरिएसँगै यौन हिंसाविरुद्धको ८० घण्टाको कक्षा लिन आदेश दिइएको छ।

३० वर्षीय जङले मादिरा सेवन गरेर प्रतिकार गर्न असमर्थ महिलालाई बलात्कार गरेको र नग्न तथा यौनक्रीडाको भिडिओ खिचेको ग्रुप च्याटमा हालेको आरोप लागेको थियो। ‘मेरो कारणले पीडितले पीडा खेप्नुपरेको स्थितिबारे थाहा भयो। जुन हामीले कल्पनासमेत गर्न सक्दैनौं,’ उनले भने, ‘मेरो गल्तीप्रति म पश्चाताप व्यक्त गर्छु।’ गत मार्च महिनामा महिलाहरूको भिडिओ गोप्य रूपमा खिचेर सार्वजनिक गरेको स्वीकार गरेपछि उनले संगीत क्षेत्र छाडेको घोषणा गर्नुपरेको थियो। एफटी इज्ल्यान्डका पूर्व सदस्य चोय जङले भने आफूले गरेको गल्तीप्रति पश्चाताप नगरेको अदालतले जनाएको छ। सो ग्रुप च्याटमा लेखिएका कतिपय प्रतिक्रियामा पीडित महिलाहरुमाथि प्रश्न गरिएको छ।

प्रकाशित: १५ मंसिर २०७६ ०३:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App