१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

भारत रंग महोत्सवमा ‘कुमारी एन्ड द बिस्ट’

काठमाडौं – भारतको नेसनल स्कुल अफ ड्रामाले आयोजना गर्ने भारत रंग महोत्सवमा सुशीला आर्टस् एकेडेमीको ‘कुमारी एन्ड द बिस्ट’ नाटक मञ्चन हुने भएको छ। बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा आयोजक सुशीला आर्टस् एकेडेमीले ‘कुमारी एन्ड द बिस्ट’ नाटक भारत रंग महोत्सव महोत्सवमा छनोट भएको जानकारी गराएको थियो।

संसारभरबाट आएका ७१ वटा अन्तर्राष्ट्रिय नाटकमध्ये उत्कृष्ट १० मा सुशीला आर्टस् एकेडेमीको ‘कुमारी एन्ड द बिस्ट’ नाटक छनोट भएको हो। यो नाटक सन् २०२० को फेब्रुअरी पहिलो साता महोत्सवमा मञ्चन हुनेछ। महोत्सवमा नेपालका दुई नाटक मञ्चन हुनेछन्। ‘अन्तर्राष्ट्रिय स्तरको नाटकहरु मञ्चन हुने भारत रंग महोत्सवमा पहिलो पटक हाम्रो नाटक छनोट भएको हो। यो नाटक कुमारी प्रथामा केन्द्रित रहेको छ। नेपाली अध्यात्म जगतको इतिहास नामक पुस्तकबाट निकालिएको कथामा आधारित रहेको नाटक भारत रंग महोत्सवमा छनोट भएर आगामी फेब्रुअरीको पहिलो साता मञ्चन हुनेछ। सत्यको युगको सेटमा मञ्चन हुने सो नाटकमा मानवीय पक्षलाई समेटिएको छ। महिला सशक्तीकरण र स्वतन्त्रताको अधिकारमा आधारित नाटकमा कुमारीको भाव व्यक्त गरिएको छ ,’सुशीला आर्टस् एकेडेमीका निर्देशक युलिया कोइरालाले भनिन्, ‘हामीले नाटक, संगीत, नृत्य र अभिनयलगायतमार्फत् कलाकारहरुलाई प्रोत्साहित गरिरहेका छौं। यसले उनीहरुलाई आफ्नो प्रतिभा अन्तर्राष्ट्रिय स्तरमा पु-याउन सहयोग गर्छ भन्नेमा आशावादी छौं।’

भारत रंग महोत्सवमा मञ्चन हुने ‘कुमारी एन्ड द बिस्ट’ नाटक गत वर्ष काठमाडौंमा मञ्चन भइसकेको छ। सो नाटक लेखक महेश्वर जुजु राजोपाध्यायद्वारा लिखित ‘नेपाली अध्यात्म जगतको इतिहास’ नामक पुस्तकबाट साभार गरिएको छ। कुमारी प्रथामा आधारित यो नाटकलाई कविता श्रीनिवासनले निर्देशन गरेकी छिन्।

सुशीला आर्टस् एकेडेमीले नाटक, संगीत, नृत्य र अभिनयलगायतमार्फत् कलाकारहरुलाई प्रोत्साहित गरिरहेको छ। सत्यको युगको सेटमा मञ्चन हुने सो नाटकमा मानवीय पक्षलाई समेटिएको छ। सो नाटकमा चर्या र कन्टेम्प्रोरी डान्सलाई फ्युजन गराइएको छ। महिला सशक्तीकरण र स्वतन्त्रताको अधिकारमा आधारित नाटकमा कुमारीको भाव व्यक्त गरिएको छ।

नाटकमा अर्चना लामा, सिर्जना भट्टराई, सुनिता दर्नाल, जेरोक्स चौधरी, किरण श्रेष्ठ, निकेश चौधरी र सुदान मुनिकारलगायत कलाकारले अभिनय गरेका छन्। त्यस्तै चन्द्रमान श्रेष्ठ, रुपेश शाक्य, प्रवेस महर्जन र सरोज शाहीले नाटकमा संगीत दिएका छन्।

प्रकाशित: १३ मंसिर २०७६ ०४:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App