८ वैशाख २०८१ शनिबार
कला

घाइते म्याडोनाको कन्सर्ट रद्द

न्युयोर्क (एजेन्सी) – अमेरिकी गायिका म्याडोनाको कन्सर्ट रद्द भएका छन्। ‘म्याडम एक्स’ टूरको दौरान घाइते भएकी गायिका म्याडोनाको बोस्टनमा आयोजना हुने भनिएका कन्सर्टहरु रद्द गरिएका हुन्। अत्यधिक पीडाका कारण चिकित्सकको सल्लाहअनुसार उनको तीन कन्सर्टहरु रद्द गरिएको हो।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा अत्यधिक पीडाका कारण कन्सर्ट रद्द हुने अप्रत्यासित भएको उल्लेख गरेकी छिन्। उनले लेखेकी छिन्, ‘कन्सर्टलाई लिएर यो अप्रत्यासित मोड सिर्जना भएकोमा माफ माग्छु। हरेक रात कन्सर्टको लागि तयारी गर्दा आनन्द महसुस गर्दछु र कन्सर्ट रद्द हुनु मेरो लागि सजाय हो। तर, अहिले मैले अत्याधिक पीडा महसुस गरिरहेको हुँदा डाक्टरको सुझावअनुसार आराम गर्नु आवश्यक रहेको छ। यसले मलाई निको भएर कन्सर्टमा फर्कन सहयोग गर्नेछ।’ यसअघि उनले इन्स्टाग्राममा आइस बाथ गरिरहेको भिडियो पोस्ट गरेकी थिइन्।

आगामी डिसेम्बर ७ देखि फिलाडेल्फियामा र मियामीमा कन्सर्टको विभिन्न स्थान र मिति तोकिएको थियो। नयाँ वर्षको सुरुवातमा भने लन्डन हुँदै पेरिसमा कन्सर्ट गरिने तयारी भएको थियो।

यस हप्ता उनलाई संगीतकार क्यासी स्पोनरले गीत चोरीको आरोप लगाएका थिए। सो गीतको लागि संगीतकार क्यासीले ‘म्याडम एक्स’ टूरको कुल आन्दानीको एक प्रतिशत हिस्सा गायिका म्याडोनासँग मागेका छन्। यसप्रति म्याडोनाले कुनै प्रतिक्रिया दिएकी छैनन्। यसअघि अमेरिकी सञ्चार माध्यमले उनको ‘म्याडम एक्स’ टूर ढिला सुरु भएको कारण देखाउँदै फ्यानले मुद्दा हालेको कानुनी कागजात फेला परेका थिए।

‘म्याडम एक्स’ टूरमा गायिका म्याडोना समयनिष्ठ नभएपछि कन्सर्ट निर्धारित समयभन्दा ढिला सुरु भएको आलोचना भइरहेको छ। उनको १४ औं स्टुडियो एल्बम ‘म्याडम एक्स’ ले बिलबोर्ड चार्ट्समा नम्बर १ स्थान कब्जा गरेको थियो। सन् २०१७ देखि लगातार पोर्चुगलको लिस्बनमा बस्न थालेकी उनले सो एल्बममा त्यहाँको अनुभूति समेटेकी थिइन्। पोर्चुगलको प्रभाव उनको ‘म्याडोना एक्स’ को संगीतमा परेको थियो। छोरा डेभिडसहित पोर्चुगल पुगेकी उनीले हालसम्म संगीतमा नम्बर १ स्थान कब्जा गर्न सफल भएकी छिन्।

म्याडोनाको कल्पनामा ‘म्याडम एक्स’ सेक्रेट एजेन्ट हुन् । म्याडम एक्सले परिचय लुकाएर विश्व भ्रमण गरेर स्वतन्त्रताका लागि लडिरहेकी छिन्। एल्बम अमेरिकी स्वाद खासै नभएपनि अमेरिकीले उत्तिकै मन पराएका थिए। यसअघि उनका ‘एमडीएनए’, ‘हार्ड क्यान्डी’, ‘कन्फेसन अन ड डान्स फ्लोर’, ‘अमेरिका लाइफ’, ‘म्युजिक’, ‘लाइक अ प्रेयर’, ‘ट्र्यु ब्लु र लाइक अ भर्जिन’ र ‘लाइक अ भर्जिन’ एल्बम बिलबोर्ड चार्ट्समा नम्बर १ स्थानमा परेका थिए।

प्रकाशित: १३ मंसिर २०७६ ०४:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App