२० श्रावण २०७७ मंगलबार
कला

‘१२ सत्ताइस’मा बेरोजगार युवाको कथा

काठमाडौं- तीन जना बेरोजगारले प्रहरी चौकीबाटै पैसा लुटेपछि सो पैसा पचाउन गर्नु परेको भागदौडलाई समेटेर बनाइएको चलचित्र '१२ सत्ताइस' मंसिर २७ मा रिलिज हुने भएको छ। बेरोजगार भएपछि पैसा कमाउने अनेक उपाय लगाउने र गलत उपायले उनीहरु कसरी रुमल्लिन्छन् भन्ने कथा फिल्मले बोकेको छ। फिल्मको नाम जस्तै रिलिज डेटमा पनि २७ पारिएको छ।

फिल्ममा नयाँ अनुहारको भिड छ। ह्याप्पी प्लानेट फिल्मस्ले कमेरो स्क्रिनसँग सहकार्य गरी निर्माण गरेको यस फिल्ममा फिल्ममा समीर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना मगर, अस्मिता लमिछाने, ऐवन आचार्य, सम्रान्ट थापा, अस्मिता खनाल, करन साउद, बिना कार्की र धर्मेन्द्र प्रताप मल्लको अभिनय रहेको छ। फिल्मलाई जोन योञ्जनले लेखन/निर्देशन गरेका छन्।

गत जेष्ठ ९ गतेबाट शुरु गरिएको यस चलचित्रको छायांकन काठमाडौं, ललितपुर, धादिङ र सिन्धुपलाञ्चोक जिल्लामा गरिएको छ।

 

प्रकाशित: ६ मंसिर २०७६ १६:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App