१७ चैत्र २०८० शनिबार
कला

अन्तर्राष्ट्रिय नाट्य महोत्सव सुरु

काठमाडौं – मैथिली कला संस्कृति, भाषा र साहित्यलाई प्रवद्र्धन गर्न अन्तर्राष्ट्रियस्तरको नाट्य तथा लोककला महोत्सव सुरु भएको छ। बुधबारदेखि जनकपुरधाममा सुरु भएको अन्तर्राष्ट्रिय नाट्य तथा लोककला महोत्सवमा रंगमञ्चमा सक्रिय कलाकारहरुले तयार गरेको नाटक तथा कलाहरु प्रदर्शन भइरहेका छन्।

‘आफ्नो संस्कृति, आफ्नो पहिचान’ नारासहित सुरु भएको महोत्सव तीन दिनसम्म चल्नेछ। महोत्सवको आयोजना विजयलक्ष्मी मिडिया फाउन्डेसन र सोच नेपालले संयुक्त रुपमा गरिरहेको छ। महोत्सवमा भारतको कोलकोता, हैदरावाद र मुजबफरपुरलगायत र नेपालको मिथिला कला नाट्य परिषद्, सोच नेपाल र रंगदर्पण नाट्य संस्थालगायतको नाटकहरु मञ्चन भइरहेको छन्।

महोत्सवमा ‘जानकी लीला’, ‘एक गदहे कि आत्मकथा’, ‘तलाक’, ‘मेरा घर’ र ‘हम नेपालमे चुनाव लड्य चाहैत छी’ लगायतका नाटकहरु मञ्चन भइरहेका छन्। महोत्सवमा नेपाल र भारतका रंगकर्मीहरु सहभागिता छन्।

प्रकाशित: ६ मंसिर २०७६ ०२:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App