७ वैशाख २०८१ शुक्रबार
कला

‘बसाइँ’ का लेखकको नाममा पुस्तकालय

खोटाङ – ‘बसाईं’ उपन्यासका लेखक लीलबहादुर क्षत्रीको नाममा पुस्तकालय स्थापना भएको छ। हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारस्थित पीपलडाँढा माविमा सो पुस्तकालय स्थापना भएको हो। ‘नेपालको पूर्वी क्षेत्रका विद्यालयमा पुस्तकालय स्थापनाका लागि जगदम्बाश्री पुरस्कारको आधा रकम प्रदान गर्ने घोषणा गरे अनुसार पीपलडाँढा माविलाई एक लाख रुपैयाँ दिएकाले साहित्यकार क्षत्रीको नाममा पुस्तकालय स्थापना गरिएको हो,’ वडाध्यक्ष रमेश राउतले भने।

‘बसाईं’ उपन्यासका लागि मदन पुरस्कार गुठीले प्रदान गरेको पुरस्कारको राशीमध्ये एक लाख रकम पुस्तकालय स्थापनाका लागि प्रदान गरेपछि थप सहयोग जुटाएर मंगलटारमा सामुदायिक पुस्तकालय स्थापना गरिएको हो। साहित्यकार क्षत्रीले प्रदान गरेको एक लाख रुपैयाँबाट विद्यालयमा अक्षयकोष खडा गरेर पुस्तकालय स्थापनाको लागि थप अभियान थालिएको थियो। पुस्तकालयमा इतिहास, राजनिति, बालबालिका, दर्शन, साहित्य, विज्ञान र कला लगायत विषयका नौ लाख रुपैयाँ बराबरको पुस्तक राखिएका छन्।

प्रकाशित: ६ मंसिर २०७६ ०२:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App