coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

सर्वनाममा कविता सुनाएकोे पारिश्रमिक

काठमाडौं  – सर्वनाम नाट्य समूहले प्रत्येक महिनाको पहिलो दिन दुईजना कविलाई आमन्त्रण गरी सम्मान गर्ने, कविता सुन्ने र पारिश्रमिक उपलब्ध गराउने परम्परालाई मंसिर महिनामा पनि कायम राख्यो। ‘प्रत्येक महिनाको सुरुवात केही राम्रा कविता सुनेर गरौं,’ भन्ने नाराका साथ सर्वनामले पाँच वर्षयता महिनाको पहिलो दिन ‘हामी कवि र कविता’ शीर्षकमा दुईजना कविहरूलाई प्रस्तुत गर्दै आएको छ।

त्यही परम्पराको पछिल्लो शृंखलामा सर्वनामले आइतबार समकालीन चर्चित कवयित्रीद्वय राधिका गुरागाई र शान्ति प्रियबन्दनालाई प्रस्तुत गरेको थियो। लुनकरणदाश साहित्यकला मन्दिरसँगको सहकार्यमा आयोजित सो कार्यक्रममा सर्वनामका संस्थापक, निर्देशक अशेष मल्ल तथा अग्रज साहित्यकार विष्णुविभू घिमिरेले कवयित्रीद्वयलाई सम्मान तथा चार–चार हजार रुपैयाँ पारिश्रमिक हस्तान्तरण गरेका थिए। कार्यक्रममा कवयित्री गुरागाईले सालिक, मौन आकृति, रक्सी, पत्नी र पसल, झरीलगायत १३ वटा र कवयित्री प्रियबन्दनाले आमाको विश्वविद्यालय, नगरबधूको बकपत्रलगायत एक दर्जन कविता सुनाएका थिए।

प्रकाशित: ३ मंसिर २०७६ ०२:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App