coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

प्रियंकाको निर्देशनमा पहिलो म्युजिक भिडियो

काठमाडौं- अभिनेत्री प्रियंका कार्कीले निर्देशन गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ। बाल गायिका आयुष्का खनियाँको ‘मेरै लाहुरेले’ बोलको गीतको म्युजिक भिडियोबाट अभिनेत्री कार्कीले निर्देशनमा डेब्यू गरेकी हुन्। गीतको भिडियोमा प्रियंका कार्की र आयुष्मान देशराज जोशीको अभिनय रहेको छ।  

अभिनेत्री कार्कीले अब निर्देशनको पाटोलाई पनि सँगै अघि बढाउने बताएकी छिन्। उनको निर्देशनमा तयार भएको वेभ सिरिज अहिले युट्युबमार्फत सार्वजनिक भईरहेको छ।

लेखु सहयात्रीको शब्द रहेको गीतमा दीपक शर्माको संगीत रहेको छ। बाल गायिका खनियाँको स्वर रहेको गीतमा नरेन्द्र वियोगीले संगीत संयोजन गरेका छन्। गीतको मिक्सिङ÷मास्टरिङ भने किसोर थापाले गरेका हुन्।  

काठमाडौंको पार्क भिलेज रिसोर्टमा छायाँकन गरिएको भिडियोलाई सुदिप बरालले छायांकान गरेका हुन्। रेडियो अडियो मिडिया पार्टनर तथा शुभ मिडियाको निर्माण व्यवस्थापनमा छायांकन भएको म्युजिक भिडियोको सम्पादन सन्देश शाह तथा रङ संयोजन रेनिश फागोले गरेका हुन्।

प्रकाशित: २ मंसिर २०७६ १३:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App