coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

युट्युबमा अनुष्काको नेपाल चिनाउने भिडियो

काठमाडौं – यस वर्ष मिस वल्र्डमा नेपालको प्रतिनिधित्व गरिरहेकी मिस नेपाल अनुष्का श्रेष्ठको नेपाल चिनाउने भिडियो सार्वजनिक भएको छ। आगामी डिसेम्बर १४ मा लन्डनमा आयोजना हुने मिस वल्र्डमा नेपालको प्रतिनिधित्व गरेकी उनको परिचयात्मक भिडियोमा नेपालका सुन्दर दृश्यहरु समेटिएका छन्।

‘मिस वल्र्डको निम्ति खिचिएको परिचयात्मक भिडियोमा नेपालको प्रतिनिधित्व गरिरहेकी मेरो आफ्नै कथा र अनुभव समावेश भएका छन्, ’भिडियोबारे उनले प्रतिक्रिया दिइन्। अनुष्का श्रेष्ठ नामक युट्युब च्यानलबाट बिहीबार सार्वजनिक भएको पाँच मिनेट ४१ सेकेन्टको सो भिडियोलाई दर्शन पोखरेलले निर्देशन गरेका छन्।

मिस वल्र्डमा सहभागीहरुको सर्वाधिक हेरिएको परिचयात्मक भिडियोको आधारमा टप २० छनोट गरिन्छ। त्यसबाहेक ट्यालेन्ट र विभिन्न विधालाई प्राथमिकतामा राखिन्छ। मिस वल्र्डमा सहभागी हुन लन्डन प्रस्थान गर्नुअघि उनले सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएकी छिन्। ‘मिस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्नको निम्ति सम्पूर्ण तयारी पूरा भइसकेको छ। भोटको आधारमा टप २० छनोट हुने प्रावधान भएकाले सबैलाई अपिल गर्न चाहन्छु,’ उनले भनिन्।

प्रकाशित: १ मंसिर २०७६ ०२:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App