७ वैशाख २०८१ शुक्रबार
कला

दुर्व्यवहार नगरेको स्वराको दाबी

मुम्बई – बलिउड अभिनेत्री स्वरा भास्करले कहिल्यै बालबालिका र सहकर्मीहरुलाई दुर्व्यवहार नगरेको बताएकी छिन्। केही साताअघि चार वर्षीय बालकलाकारलाई अपमानजनक शब्द प्रयोग गरेर गाली गरेको उनको विवादित भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

‘एक कमेडी सोमा पुगेर म मुम्बईमा भएको पहिलो मेरो सुटिङको हाँस्यास्पद घटना सुनाउँदै थिएँ। त्यहाँ आंशिक रूपमा व्यंग्यात्मक अनुभूति र संघर्षका कथा सुनाएको थिएँ,’ उनले भनिन्, ‘सो कार्यक्रम हेर्ने दर्शकले मैले बालबालिकाको हित खोजी रहेको बुझेका थिए। मैले आजसम्म कुनै बालबालिका र सहकर्मीहरुलाई अपमान गरेकी छैन्। मलाई बालबालिकाहरू मनपर्छ। बालबालिका खराब हुन्छन् भन्ने कुरा एउटा जोक थियो,’ उनले भनिन्।

सो बालकलाकारले ‘आन्टी’ भनेर उनलाई सम्बोधन गर्दा उनी रिसाइकी थिइन्। बालकलाकारलाई असंवेदनशील टिप्पणी गरेपछि अभिनेत्री भास्कर विवादमा तानिएकी थिइन्। फिल्म यात्रा सुरु गर्नुअघिको सो भिडियोमा अभिनेत्री भास्करले ‘कमिना’ शब्द प्रयोग गरेर बालकलाकारलाई गालीगलौच गरेकी थिइन्। सामाजिक सञ्जाल ट्वीटरमा ह्यासट्याग स्वराआन्टी टेन्डिङमा परेको थियो। एक एनजिओले अभिनेत्री भास्करविरुद्ध उजुरी समेत दर्ता गराएको थियो।

प्रकाशित: २८ कार्तिक २०७६ ०१:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App