coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

रसुवामा आजदेखि ‘रसुवा कला यात्रा’

रसुवा - रसुवामा शुक्रबार (आज)देखि ‘रसुवा कला यात्रा’ सुरु हुँदै छ। नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउने उद्देश्यले कार्याशालाको आयोजना गरिएको हो। जिल्लाको पहिचान झल्काउने प्राकृतिक सौन्दर्य, रहनसहन र भेषभूषालाई कलाको माध्यमबाट प्रचारप्रसार गरिने उपत्यकाका कला समूहले जनाएका छन्। काठमाडौंबाट बिहीबार १५ जना कलाकार आएका छन्। समूहमा रसुवाबाट थप दुईजना समावेश भएका छन्।

कला समूहले शुक्रबार धार्मिकस्थल उत्तरगयाधाम वरिपरि चित्र बनाउने छ। यस्तै, समूहले शनिबार कालिकास्थानको वरिपरि चित्र बनाउने योजना बनाएको छ। समूहले चित्रकलाको माध्यमबाट ऐतिहासिक, पुरातात्विक र धार्मिक क्षेत्रको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धनमा सहयोग पु-याउँदै आएको छ।

बिहीबारबाट कार्यशाला सुरु गर्ने बताए पनि कलाकार आउन ढिलो भएका कारण शुक्रबार मात्र कार्यक्रम उद्घाटन हुने आयोजकले जानकारी दिएको छ। यो समूहले रसुवामा कार्यशाला पहिलोपटक गरेको हो। बनाएका चित्रहरूको शुक्रबार साँझ नै प्रदर्शनी गरिने तयारी छ। समूहले हरेक उपत्यकाको विभिन्न पर्यटकीय क्षेत्रमा चित्र बनाउने काम गरिरहेको छ। शनिबार जिल्लाको पर्यटकीय, धार्मिक तथा ऐतिहासिक स्थलहरूमा यसअघि पनि चित्रकला कार्यशाला हुँदै आएको थियो।
हरिबोधनी एकादशी मेलाको अवसरमा शुक्रबार रसुवा र नुवाकोटको संगमस्थल उत्तरगयाधाममा चित्रकला कार्यशाला गर्ने कार्यक्रमका संयोजक दिवेश प्रधानले जानकारी दिए।

जिल्लाको धुन्चे, ठुलोस्याफ्रु, लाङटाङलगायतका क्षेत्रमा यसअघि पनि कार्यशाला भएको सहजकर्ता डिल्लीराज घिमिरेले बताए। ‘उत्तरगयाधाम र कालिकास्थानमा भने पहिलोपटक कार्याशाला हुन लागेको हो,’ उनले भने, ‘यसले भ्रमण वर्षलाई समेत मद्दत पु-याउने अपेक्षा गरेको छौं।’

गत वर्ष रसुवा स्रष्टा समाजको आयोजनामा पर्यटकीय क्षेत्र लाङटाङको प्रचारप्रसारका लागि ‘लाङटाङ साहित्यिक पदयात्रा’ सञ्चालन गरिएको थियो। जसमा पदमार्गको विभिन्न स्थानमा चित्र बनाइएको थियो। ललितकलाका चित्रकारद्वय शशीकुमार डंगोल र भीमसेन पाण्डेले ठाउँठाउँमा ढुंगा र भित्ताहरूमा चित्र कोरेका थिए। तर, यो वर्ष विविध कारणले सञ्चालन हुन सकेन। चित्रकलाको माध्यमबाट जिल्लाको पर्यटन प्रवद्र्धन हुने अपेक्षा गरिएको छ।

 

प्रकाशित: २२ कार्तिक २०७६ ०३:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App