१६ चैत्र २०८० शुक्रबार
कला

कात्तिक नाचमा ‘युद्धकला’ प्रदर्शन

ललितपुर  – ललितपुरको परम्परागत कात्तिक नाचअन्तर्गत युद्धकला प्रस्तुत भएको छ। बुधबार पाटनको मंगलबजारस्थित चार नारायण मन्दिरको कात्तिक डबलीमा तीन सय ७९ वर्ष पुरानो कात्तिक नाचअन्तर्गत युद्धकला प्रस्तुत गरिएको थियो।

सो नृत्यअन्तर्गत पहिलो चरणको नाटकमा उषा हरण र माधवानल लीलासम्बन्धी युद्धकला प्रदर्शन भएको कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण प्रधानले बताए। ‘सो नाचअन्तर्गत महादेव र कृष्णबीचको युद्ध देखाइएको थियो,’ उनले भने। त्यस्तै दोस्रो चरणमा कामसेन राजा र विकटाक्षर राक्षसबीचको युद्धलाई नृत्यमार्फत मञ्चन गरिनेछ। १६ कलाकारहरुले युद्धकला नाच प्रस्तुत गरेका थिए।

यसअघि मंगलबार मञ्चन भएको महामूर्ख नाटकमा ब्राह्मणको आशिषलाई लिएर तीन जना दाजुभाइबीच भएको मतभेदलाई प्रस्तुत गरिएको थियो। महामूर्ख पत्ता लगाउन तीन जना दाजुभाइ कृष्णको द्वारकामा पुग्छन्। कृष्णको द्वारकामा कोटवालले ‘आफू–आफू मूर्ख हुँ’ भन्ने प्रमाण दिन आग्रह गर्छन्। सबैले एक अर्कासँग छुटेपछिको घटेका घटना सुनाइसकेपछि कोटवालले दुई वटा श्रीमती राजा, देवेता, दानव, दैत्य सबैका थिए।

यो नौलो कुरा नभएको बताउँछन्। यसैगरी राम्री स्त्रीमाथि राजा, देवेता, दानव, दैत्य सबै मोहित भएका थिए र भविष्यमा पनि हुनेछन्। त्यसैले यो नौलो कुरा नभएको तर अर्काकी प्रेमिका र गर्भवती स्त्री पत्नीका रुपमा पहिला कसैले नल्याएको हुँदा ल्याउने तीनमध्ये कान्छो बाथः महामूर्ख हो भनेर कोटवालले प्रमाणित गर्छन्। किंवदन्तीअनुसार सबैभन्दा बाठो कान्छो भाइ अन्तिममा महामूर्ख साबित भएको कथावस्तु नृत्य र नाटकमा समावेश भएको थियो।

गत कात्तिक १५ देखि सुरु भएको कात्तिक नाचको पहिलो दिन सुदामा प्याखँ, दोस्रो दिन भक्त सुरदास प्याखँ र तेस्रो, चौथो र पाचौं दिन तीन जना दाजुभाइको कथामा आधारित बाथ प्याखँ नाच र नाटक मञ्चन भइसकेको छ। विगतका वर्ष कात्तिक कृष्ण प्रतिपदादेखि कात्तिक शुक्लपूर्णिमासम्म देखाइने सो नाच यस वर्ष कात्तिक शुक्लपञ्चमीदेखि सुरु भएर कात्तिक पूर्णिमाको दिनसम्म १२ दिन देखाइने भएको समितिका कोषाध्यक्ष उत्तमरत्न शाक्यले जानकारी दिए।

विसं १६९७ मा पाटनका मल्लकालीन राजा सिद्धिनरसिंहले अघि बढाएको सो नाच १७ औं शताब्दीमा सुरु भएको थियो। कात्तिक नाच विष्णु पुराणमा आधारित भएर विष्णुको अवतार नृसिंह, राजा हिरण्यकश्यपु र विष्णु भक्त प्रल्हादको कथामा आधारित भएर पनि नाचिने गरिन्छ। नाचको माध्यमबाट समाजमा रहेका मानिसबीच जीवन उपयोगी विभिन्न धार्मिक नाटकको प्रस्तुति समेटिएका छन्। कातिक नाच अवधिभर गरिने नृत्य र नाटकमा खिँ, द्याः दमोखि, मृदङ्ग, जोर नगरा, ताः झ्याली र भुस्या बाजा बज्ने समितिले जनाएको छ।

प्रकाशित: २१ कार्तिक २०७६ ०२:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App