१६ चैत्र २०८० शुक्रबार
कला

बलिउड अभिनेता गोविन्दा काठमाडौंमा

काठमाडौं– बलिउड अभिनेता गोविन्दा काठमाडौं आइपुगेका छन्। वीरगञ्जमा हुन लागेको चलचित्र महोत्सवमा सहभागी हुन गोविन्दा मंगलबार अपराह्न काठमाडौं ओर्लिएका हुन्। 

बिहीबारबाट सुरु हुने महोत्सवको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छन्। गोविन्दालाई महोत्सव आयोजक चलचित्र निर्माता संघले बोलाएको हो। 

गोविन्दा श्रीमती सुनिता आहुजा र नेपाली नायिका निरुता सिंंहका साथमा काठमाडौं आएका हुन्। निरुता पछिल्लो समय मुम्बईमा बस्दै आएकी छिन्। उनी पनि महोत्सवमा सहभागी हुन आएकी हुन्।

आयोजकका अनुसार चार दिनसम्म चल्ने महोत्सवमा गोविन्दाले आफ्नो प्रस्तुति पस्किने छन्। एक वर्षअघि पनि काठमाडौं आएका गोविन्दाले पशुपतिनाथ मन्दिरको दर्शन गरेका थिए।

प्रकाशित: १९ कार्तिक २०७६ ११:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App