८ वैशाख २०८१ शनिबार
कला

बक्स–अफिसमा ‘जोकर’ को कमाल

न्युयोर्क – हलिउड फिल्म ‘जोकर’ ले बक्स–अफिसमा नौ सय मिलियनभन्दा बढी ग्रस कलेक्सन गरेर कमाल गरेको छ। यसको ग्रस कलेक्सन एक अर्ब अमेरिकी डलर नाघ्दैछ। हिंसात्मक दृश्यका कारण विवादित बनेको ‘जोकर’ फिल्मले हालसम्म नौ सय ३४ मिलियन अमेरिकी डलर ग्रस कलेक्सन गरिसकेको छ।

अमेरिकी सञ्चार माध्यमका अनुसार अमेरिकाभित्र मात्र ‘जोकर’ फिल्मले दुई सय ९० मिलियन डलर कलेक्सन गरिसकेको छ भने संसारभर ६ सय मिलियन डलर कमाई गरिसकेको छ। ज्याकिन फिनिक्सद्वारा अभिनित ‘जोकर’ फिल्ममा मानसिक समस्या भएको एक्लो मान्छेको कथा समेटिएको छ।

गार्जियनले मात्र यो फिल्मको चार वटा फरक–फरक समीक्षकका समीक्षा प्रकाशित गरेको थियो। ‘जोकर’ मा फिनिक्सले गरेको अभिनयका कारण उनी यस वर्षको ओस्कर अवार्डको प्रबल दावेदार मानिएका छन्।

फिल्म विश्लेषकहरुका अनुसार फिल्मले एक अर्बभन्दा बढी कलेक्सन गर्ने अनुमान गरेका छन्। सुपरहिरो फिल्ममध्ये ‘जोकर’ सर्वाधिक कमाई गर्ने फिल्मको सूचीमा १३ औं स्थानमा परेको छ। गत अक्टोबर ४ देखि संसारभर प्रदर्शनमा आएको यो फिल्मले एक अर्बभन्दा बढी ग्रस कलेक्सन गर्ने अनुमान गरिएको छ।

वार्नर ब्रोदर्स पिक्चर्सले निर्माण गरेको यस फिल्ममा ज्याक्विन फिनिक्स र रोबर्ट डि निरोलगायतका कलाकारहरुले अभिनय गरेका छन्। हिंसात्मक दृश्यमाथि विवादित भएपछि फिल्म निर्माता कम्पनी वार्नर ब्रोदर्स पिक्चर्सले विज्ञप्ति जारी गर्दै ‘जोकर’ फिल्मले हिंसालाई पे्ररित नगरेको उल्लेख गरेको थियो।

 

प्रकाशित: १९ कार्तिक २०७६ ०४:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App