६ वैशाख २०८१ बिहीबार
कला

टुबोर्ग ओपन सेसन्स् २ मा ‘माया मेरी माया’

काठमाडौं  – गायक सञ्जय श्रेष्ठको ‘माया मेरी माया’ गीतको प्रत्यक्ष प्रस्तुति टुबोर्ग ओपन सेसन्स् सिजन २ मा सार्वजनिक भएको छ। क्रसरोड्स ब्याण्डले प्रदर्शन गरेको ‘माया मेरी माया’ गीत टुबोर्ग ओपन सेसन्स् २ मा गायक श्रेष्ठले संगीतकार विनायक शाहको साथमा प्रस्तुति दिएका छन्।

सन् १९९२ मा गायक श्रेष्ठले स्थापना गरेको क्रसरोड्स नामक पप ब्याण्डले नेपाली र पश्चिमी संगीतलाई समायोजन गरेर विभिन्न गीतहरु तयार गरेका थिए। क्रसरोड्सको पहिलो एल्बम ‘नयाँ मोड’ मा ‘अन्जान मायालु’, ‘त्यो मुटुलाई’ र ‘माया मेरी माया’ जस्ता गीतहरु समावेश थिए।

च्यानल आरबिट्ररीद्वारा सञ्चालन टुबोर्ग ओपन सेसन्स् २ नामक युट्युब सिरिजमा कलाकारहरुको स्टुडियोमा प्रत्यक्ष रेकर्ड गरिएको गीतहरुको प्रस्तुति समावेश गरिन्छ। नेपाली संगीत क्षेत्रको विविधतालाई अँगाल्ने र परम्परागत सांगीतिक आधारलाई सम्मान गर्न सुरु गरिएको सेसन्स्को सिजन १ मा ५१ वटा गीतहरु अपलोड गरिएको थियो।

गोर्खा ब्रुअरीका मार्केटिङ निर्देशक बैभव शर्माका अनुसार सो सेसन्स्ले कलाकारलाई प्रोत्साहन गर्नेछ। ‘यो सेसन्स्ले नेपाली संगीतमा लागि परेका कलाकारहरुलाई प्रोत्साहन गरिरहेको छ,’ उनले भने।

प्रकाशित: १५ कार्तिक २०७६ ०३:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App