काठमाडौं – नेपाली फिल्मको प्रवद्र्धनका लागि आयोजना हुँदै आएको सूर्य इन्टरनेसनल अवार्ड – २०१८ को मनोनयन सार्वजनिक गरिएको छ। मंगलबार राजधानीको एपीएफ मुख्यालयमा आयोजना भएको कार्यक्रममा अवार्डअन्तर्गत विभिन्न विधामा मनोनयनमा परेका उत्कृष्ट तीन फिल्मकर्मीलाई मनोनयन पत्र प्रदान गरिएको थियो।
आगामी नोभेम्बर २४ मा जापानको टोकियोमा आयोजना हुने अवार्ड समारोहमा कलाकार र फिल्मकर्मीले उत्कृष्ट फिल्म, निर्देशक, अभिनेता र अभिनेत्रीलगायत विधामा प्रतिस्पर्धा गर्दैछन्। सो समारोहमा नेपाली फिल्मकर्मी नीर शाहलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरिनेछ। अवार्डको उत्कृष्ट फिल्म विधामा ‘प्रसाद’, ‘छक्का पञ्जा’ र ‘ए मेरो हजुर ३’ ले प्रतिस्पर्धा गर्दैछ। त्यस्तै बिपिन कार्की (प्रसाद), अनमोल केसी (क्याप्टेन) र प्रदीप खड्का (लभ स्टेसन) बाट अभिनेता विधामा मनोनित भएका छन्। उत्कृष्ट अभिनेत्रीको विधामा नम्रता श्रेष्ठ (प्रसाद), साम्राज्ञी राज्यलक्ष्मी शाह (काइरा) र पुजा शर्मा (रामकहानी) बाट मनोनित भएका छन्।
प्रकाशित: ६ कार्तिक २०७६ ०४:२२ बुधबार