२० जेष्ठ २०७७ मंगलबार
कला

सोनाक्षीमाथि अभिव्यक्ति दिएलगत्तै विवादमा अक्षय

मुम्बई – बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको तौलमाथि अभिव्यक्ति दिएलगत्तै अभिनेता अक्षय कुमार विवादमा परेका छन्। भारतीय संञ्चार माध्यमका अनुसार अभिनेत्री सिन्हाको फिटनेसको प्रेरणादायी यात्राले धेरैलाई प्रोत्साहित गरिरहेको अवस्थामा अभिनेता अक्षय कुमारको अभिव्यक्ति विवादास्पद बनेको थियो।

भारतीय सञ्चार माध्यमलाई अभिनेत्री सिन्हाको बारेमा टिप्पणी दिँदै अभिनेता अक्षय कुमारले भने, ‘सोनाक्षी एक अद्भुत अभिनेत्री हुन्। उनको अभिनयको आफ्नै शैली छ। उनीसँग बिल्कुलै भिन्न फिगर छ – जिरो फिगर नभएर एक भारतीय शैलीको फिगर छ। उनी राम्रो परिवारको प्रतिनिधित्व गर्छिन्। म पंजाबी भएकाले मलाई मायालु र दुब्ली महिला मन पर्दैन्। उनी हेर्दै फिट देखिन्छिन्।’

अभिनेत्रीको फिगरमाथि अभिव्यक्ति दिएलगत्तै विवादमा तानिएका अभिनेता अक्षयको समर्थनमा सिन्हाले बोलेकी थिइन्। भारतीय सञ्चार माध्यमसँग कुराकानी गर्दै अभिनेत्री सिन्हाले भनिन्, ‘सामाजिक सञ्जालको ट्रोलले मेरो जीवनमा केही असर गर्दैन्। बलिउडमा करियर सुरु गर्नको लागि मैले ३० केजी तौल घटाएको थिए। अभिनेता अक्षयले मैले भन्न खोजेको भावलाई आफ्नै शैलीमार्फत बताएका थिए। हामी साथी भएकाले उनले मप्रति सकारात्मक प्रतिक्रिया दिएका हुन्।’

बलिउडमा डेब्यु गर्न उनले ३० किलो तौल घटाएकी थिइन्। तौल घटाउन उनले प्रोटिनयुक्त खाना खाने गरेको र कार्बोहाइड्रेट खाना कम खाने गरेको प्रतिक्रिया दिएकी थिइन्।

प्रकाशित: ५ कार्तिक २०७६ ०७:५२ मंगलबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App