१६ चैत्र २०८० शुक्रबार
कला

‘पलेँटी’ मा गुन्जिँदै सुमन

काठमाडौं – नेपासिक रुपमा आयोजना गर्दै आएको ‘पलेँटी’ शृंखलाअन्तर्गत अक्टोबर महिनामा डा. सुमन थापा गुन्जिने भएका छन्।अंग्रेजी भाषामा गीत, लेख्ने र गाउने गायक सुमनले पलेँटीमा भने नेपाली गीत प्रस्तुत गर्नेछन्।

नब्बेको दशकमा ‘बाइपास’ संगीत समूहमा संलग्न गायक सुमन हाल ‘ब्ल्यू फ्रेट’ समूहमा सक्रिय छन्। आँखा विशेषज्ञ गायक सुमनको पेशा सुहाउँदो विषयमा आधारित यस पटकको पलेँटीका निम्ति कवि श्रवण मुकारुङले गीत लेखेका छन्। गायक सुमनका लागि तयार पारिएका गीतहरूमा संगीतकार आभासले संगीत दिएका छन्।

तिलगंगा आँखा अस्पतालसँग आवद्ध गायक सुमन ‘एक एक पाइला’ अभियानमार्फत् स्वास्थ्य शिविरहरुमा सहभागी भई देशका विभिन्न जिल्ला गरिसकेका छन्। सो शिविरमा सहभागी हुँदा संगालेका अनुभव र अनुभूतिलाई उनले पलेँटी शृंखलामा स्मरण गर्नेछन्। हाल नेपालयको आरशालामा गायक सुमन भन्छन्, ‘पलेँटीमा गाउने कुराले उत्साहित छु। कवि श्रवणले लेखेका गीत र आभासको संगीतले रमाइलो नसा लगाएको छ। यो क्षण मेरो सांगीतिक मोडमा अचानक भेटिएको सुन्दर बगैंचा हो।’

पलेँटी शृंखलामा गायक सुमनलाई वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, गिटारमा सुरज प्रधान र पर्कुनमा सुन्दरकुमार महर्जनले साथ दिनेछन्। ‘कवि श्रवणजीको गीति लेखनको सरलताको सौन्दर्यलाई सुमनजीको स्वरमा प्रस्तुत गर्न पाउँदा खुशी लागेको छ।’ संगीतकार आभासले भने। अक्टोबर महिनाको २५ र २६ तारिखमा हुने पलेँटी कालिकास्थानस्थित नेपालयको कार्यक्रमस्थल ‘आरशाला’ मा प्रस्तुत हुनेछ।

प्रकाशित: ३ कार्तिक २०७६ ०३:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App