७ वैशाख २०८१ शुक्रबार
कला

‘अल्टिमेटम आकाश’ लोकार्पण

काठमाडौं– ‘अल्टिमेटम आकाश’ उपन्यास आज लोर्कापण गरिएको छ। कृतिलाई नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्य र नेपाल नाट्यकला प्रज्ञा–प्रतिष्ठानका कुलपति रायन श्रेष्ठले संयुक्त रुपमा लोकार्पण गरेका हुन्।

जनमत प्रकाशनले प्रकाशनमा ल्याएको सो कृतिका लेखक सन्तोष लामिछाने हुन्। यसअघि अमेरिका र बेलायतमा यसको अङ्ग्रेजी संस्करणमा लोकार्पण भइसकेको छ।

अमेरिकामा बसोबास गर्दै आउनुभएका लामिछानेको यसअघि ‘चामल खानेहरु र चौलानी पिउनेहरु’  कविता सङ्ग्रह प्रकाशित भएको छ।

कृतिको विमोचन गर्दै–नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली साहित्यमा  अभिरुची राख्ने लेखकले नेपाली लबज भने बिगार्न नहुने राय व्यक्त गरे। रासस

 

 

प्रकाशित: १ कार्तिक २०७६ ११:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App