१६ चैत्र २०८० शुक्रबार
कला

पद्मश्री पन्त र सायनलाई

काठमाडौं – खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले प्रदान गर्दैै आएको ‘पद्मश्री साधना सम्मान २०७५’ बाट संस्कृतिज्ञ डा. महेशराज पन्त सम्मानित भएका छन्।

त्यस्तै ‘पद्मश्री साहित्य पुरस्कार २०७५’ साहित्यकार रमेश सायनलाई प्रदान गरिएको छ। प्रतिष्ठानले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा पन्त र सायनलाई जनही दुई लाख रुपैयाँसहित सम्मान र पुरस्कार प्रदान गरिएको थियो।

प्रतिष्ठानका अध्यक्ष जीवा लामिछाने र उनकी आमा हरिकलाले पाँच दशकदेखि नेपालको इतिहास र संस्कृतिलाई लिपिबद्ध तथा जगेर्ना गर्न लागिपरेका डा. पन्तलाई सो सम्मान प्रदान गरेका थिए। साहित्यकार सायनलाई ‘छुटेका अनुहार’ नामक कृतिका लागि सो पुरस्कार प्रदान गरिएको थियो।

‘पाठकहरुले मेरो कृति र लेखन मनपराएका कारण लेखनमा उर्जा आएको छ। यस्तो सम्मानले अझ आफैंप्रति लेख्न सक्छु भन्ने विश्वास बढेको छ,’ सम्मानित साहित्यकार सायनले भने। २०६२ सालमा स्थापित प्रतिष्ठानले २०६७ सालदेखि साहित्य, कला, संस्कृति, संगीत, अभिनयलगायत क्षेत्रका स्रष्टाहरुलाई सो सम्मान र प्रकाशित कृतिहरुमध्ये उत्कृष्टलाई साहित्यिक पुरस्कार प्रदान गर्दै आएको छ।

प्रकाशित: २८ आश्विन २०७६ ०३:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App