७ वैशाख २०८१ शुक्रबार
कला

इनास अवार्डमा ‘छक्का पञ्जा ३’ को वर्चस्व

काठमाडौं - इनास जुरी अवार्ड भने ‘छक्का पञ्जा ३’ को लागि निर्देशक दीपाश्री निरौलालाई प्रदान गरेको थियो।

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)ले आयोजना गरेको छैठौं इनास फिल्म अवार्डमा विनोद पौडेलको ‘बुलबुल’ उत्कृष्ट फिल्म घोषित भएको थियो।

त्यस्तै उत्कृष्ट अभिनेत्रीको अवार्ड ‘बुलबुल’ फिल्मबाट स्वस्तिमा खड्काले प्राप्त गरिन्। ‘प्रसाद’ फिल्मबाट अभिनेत्री विपिन कार्कीले उत्कृष्ट अभिनेताको अवार्ड जिते।

नेपाली संगीतमा योगदान पु¥याएबापत दिर्घसाधना सम्मान संगीतकार रञ्जित गज्मेर प्रदान गरिएको थियो। त्यस्तै युवा साहित्य सम्मान पुरस्कार सुरेन्द्र महर्जनलाई प्रदान गरियो।

इनास ग्लोबलले गत वर्ष प्रदर्शन भएका फिल्ममध्येबाट उत्कृष्ट छायांकनको अवार्ड पुरुषोत्तम प्रधान, सम्पादन निमेश श्रेष्ठ र कोरियोग्राफर कविराज गहतराजलाई प्रदान गरिएको थियो। कार्यक्रममा उत्कृष्ट संगीत निर्देशन ‘छक्का पञ्जा ३’ का दिपक शर्मा, गायिका प्रविशा अधिकारी र गायक प्रताप दासले जितेका थिए।

इनास ग्लोबलकी अध्यक्ष कमला दाहापाली कला, भाषा र संस्कृतिको संरक्षण गर्न इनासले विभिन्न कार्यक्रम आयोजना गरिरहेको जानकारी गराइन्।

नेपाली फिल्मलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउन लागि परेका कलाकार र यस क्षेत्रमा आवद्ध व्यक्तिलाई प्रोत्साहित गर्न फिल्म अवार्डको आयोजना गरिरहेका छौं। इनासले कलाकार कल्याणकारी कोषलाई सञ्चालनमा ल्याएको छ,’ उनले भनिन्।

प्रकाशित: २८ आश्विन २०७६ ०३:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App