१५ चैत्र २०८० बिहीबार
कला

मंसिर २५ देखि किम्फ हुने

काठमाडौं – यस वर्षको काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) आगामी मंसिर २५ देखि २९ सम्म हुने भएको छ। बुधबार प्रेस विज्ञप्तिमार्फत आयोजकले सन् २००० देखि निरन्तर चलिरहेको किम्फको १७ औं संस्करणबारे जानकारी गराएको थियो।

राजधानीको सभा गृह र नेपाल पर्यटन बोर्डको हलमा आयोजना हुने किम्फमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा, नेपाल पानोरामा र सर्ट फिल्म प्रतियोगिता गरेर ४८ वटा फिल्म प्रदर्शन हुनेछन्।

यसपटक महोत्सवमा प्रतिस्पर्धातर्फ १७ वटा र गैर–प्रतिस्पर्धातर्फ ३१ फिल्म प्रदर्शन हुने आयोजकले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ। नेपाल पानोरामाअन्तर्गत प्रतिस्पर्धामा गर्ने फिल्महरूको टुंगो लाग्न बाँकी रहेको छ। महोत्सवको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः दुई लाख, १ लाख ५० हजार र एक लाख जित्नेछन्। पोल्याण्ड, कोरिया र नेपालका तीन सदस्यीय निर्णायक टोलीले उत्कृष्ट फिल्म छनोट गर्नेछन्।

महोत्सवमा फिल्म प्रदर्शनसहित अन्तक्र्रिया, फोटो प्रदर्शनी र मास्टर क्लासलगायत सञ्चालन हुनेछन्। युवा नेपाली फिल्ममेकरलाई प्रोत्साहन गर्न आयोजित ‘परिवर्तित नेपाल’ नामक सर्ट फिल्म प्रतियोगिता सञ्चालन गरिएको छ। सो प्रतियोगिता पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ४०, ३० र २० हजार प्राप्त गर्नेछन्। किम्फमा २९ देशका डकुमेन्ट्री, कथानक, छोटा, प्रयोगात्मक र एनिमेसन विधाका फिल्म देखाइने तय भएको आयोजक हिमाल एसोसिएसनका कार्यकारी निर्देशक वसन्त थापाले बताए।

प्रकाशित: १६ आश्विन २०७६ ०३:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App