coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

उत्साहित जेनिफर लोपेज

न्युयोर्क (एजेन्सी)– गायिका तथा अभिनेत्री जेनिफर लोपेज अभिनित ‘हस्टलर्स’ रिलिज भएसँगै उत्साहित छिन्। रिलिज भएकै सातामा बक्सअफिसमा दोस्रो स्थानमा परेको ‘हस्टलर्स’ ले उनलाई फिल्म क्षेत्रमा फर्काएको दाबी फिल्म समीक्षकहरूले गरिरहेका छन्।

‘महिला पात्रहरू हाबी भएको यो फिल्मलाई दर्शकले मनपराएका छन्। यस फिल्ममा गरेको कामबाट म खुसी छु,’ उनले भनिन्। केही समयअघि गायिका लोपेजले पिएर्टो रिकोका तुफानबाट प्रभावितहरूलाई १ मिलियन अमेरिकी डलरको सहयोग गरेकी थिइन्।

गत वर्ष यौन दूरव्यवहारको सिकार भएको खुलासा गरेकी उनका ‘अन द फ्लोर’, ‘डान्स अगेन’, ‘अल आइ हेट’, ‘आइ एम इन्टु यु’ र ‘गेट लाउड’ लगायत गीतहरू चर्चामा छन्।

प्रकाशित: ३१ भाद्र २०७६ ०४:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App