१५ चैत्र २०८० बिहीबार
कला

शताब्दीको उत्कृष्ट फिल्मको सूचीमा ‘ग्याङ अफ वासेपुर’

मुम्बई (एजेन्सी) – निर्देशक अनुराग कश्यपको फिल्म ‘ग्याङ अफ वासेपुर’ संसारका उत्कृष्ट सय फिल्मको सूचीमा परेको छ। ‘ग्याङ अफ वासेपुर’ बेलायती पत्रिका द गार्जियनले निकालेको २१ औं शताब्दीको उत्कृष्ट फिल्मको सूचीको ५९ औं स्थानमा परेको थियो।

सन् २०१२ मा रिलिज भएको ‘ग्याङ अफ वासेपुर’ मा भारतको झारखण्डस्थित वासेपुरको कोइला माफिलाको कथामा आधारित रहेको छ। ‘यो गर्वको कुरा हो। मेरो रोजाइमा परेका फिल्महरू यो सूचीमा मेरो फिल्मभन्दा तल परेका छन्। मलाई मनपरेको ‘दियर विल बी ब्लड’ फिल्म सूचीको पहिलो स्थानमा परेको रहेछ,’ उनले इन्स्टाग्राममा उल्लेख गरेका छन्। उनले सूचीको ९८ औं स्थानमा परेको ‘द डार्क नाइट’ आफ्नो फिल्मभन्दा राम्रो भएकाले अगाडि पानुपर्ने तर्क गरेका थिए। सो सूचीमा अटाएको ‘ग्याङ अफ वासेपुर’ एक मात्र भारतीय फिल्म हो।

फिल्म समीक्षक पिटर ब्राड शां, क्याथ क्लार्क, एन्ड्रयु पल्वर र क्याथरिन सर्डसहितको निर्णायक टोलीले निकालेको सूचीमा अमेरिकी ड्रामा ‘दियर विल बी ब्लड’ शताब्दीको उत्कृष्ट फिल्म ठहर भएको थियो। अभिनेता डेनियल डे लुइस अभिनित सो फिल्म सन् २००७ बनेका थियो। सन् २०१३ मा बनेको ‘१२ इयर्स अ स्ले’ सूचीको दोस्रो र सन् २०१४ मा बनेको ‘ब्वायहुड’ तेस्रने स्थानमा परेका थिए। सन् २००० पछि बनेका फिल्महरूबाट उत्कृष्ट सय फिल्म छनोट भएका थिए।

प्रकाशित: ३१ भाद्र २०७६ ०३:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App