coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

चलचित्र ऐन चाँडै ल्याइन्छ : मन्त्री बाँस्कोटा

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चलचित्र ऐन चाँडै ल्याइने बताएका छन्। सोमबार नेपाल चलचित्र कलाकार संघको ३२ औं स्थापना दिवसमा आयोजित कार्यक्रममा बोल्दै उनले अहिले बन्ने गरेका चलचित्र गुणस्तरीय हुन नसक्दा दर्शकहरूले नरुचाएको दाबी गरेका थिए।

‘अहिले बन्ने चलचित्रले नेपाली मौलिकता र संस्कृतिलाई जगेर्ना गर्न नसकेका कारण दर्शकलाई आकर्षित गर्न नसकेको अवस्थामा विविधताभित्र एकता र राष्ट्रियतालाई बलियो बनाउने विषयलाई प्राथमिकतामा राखेर ऐन ल्याइने लागेको हो,’ उनले भने ,‘केही भ्रमको सिर्जना गर्ने सञ्चार माध्यमले चलचित्र हलमा राष्ट्रिय गान बजाउन नपर्ने र बजाएको खण्डमा उठ्न नपर्ने सन्देश प्रवाह गरेका छन्।’

देशको राष्ट्रियतालाई उचाइमा पु-याउन कलाकार एकजुट हुनुपर्ने तर्क राखेका थिए। कार्यक्रममा बोल्दै चलचित्र संघका अध्यक्ष रवीन्द्र खडका, नीर शाह र कृष्ण मल्ललगायतले चलचित्र ऐनमा कलाकारको अधिकारलाई समेट्न सुझाव दिएका थिए।

प्रकाशित: २४ भाद्र २०७६ ०४:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App