१६ चैत्र २०८० शुक्रबार
कला

अमेरिकन ड्रिमलाई प्रवलको प्रश्न

न्युयोर्क (एजेन्सी) – अमेरिकामा आयोजना भइरहेको न्युयोर्क फेसन वीकको -याम्पमा सेतो गाउनमा देखिएकी नेपालीमूलकी मोडल वर्षा थापाले लगाएको स्यासीमा लेखिएको थियो, ‘को अमेरिकी हुन सक्छ ?’

डिजाइनर प्रबल गुरूङले ‘को अमेरिकी हुन सक्छ ?’ थिममा तयार गरेको ड्रेसमा लगाएर उनीसहितका मोडल न्युयोर्क फेसन वीकको ¥याम्पमा देखिएका थिए। संसारभरका विभिन्न देशको राष्ट्रिय झन्डाको प्रतिनिधित्व गर्दै डिजाइनर गुरूङले तयार गरेको फुलको क्राउनले जातीय विविधताको सन्देश दिएको थियो।

उनले अमेरिकी फेसनको मापदण्ड मानिने काउब्वाई बुट, पेन्ट र गाउनका डिजाइनलाई ¥याम्पमा प्रस्तुत गरेका थिए। नेपालीमूलका डिजाइनर गुरूङले यसपटकको फेसन वीकका लागि ९० प्रतिशत काम न्युयोर्कमा तयार गरेका थिए।

‘अमेरिका कस्तो देखिन्छ र यो कसको हो? भन्ने विचारमाथि अन्वेषण गर्न चाहन्थें। २० वर्षअघि आप्रवासीको रूपमा ‘अमेरिकन ड्रिम’ लाई पछ्याउँदै नेपालबाट यहाँ आएको थिएँ। अहिले म अमेरिकी अर्थतन्त्रमा योगदान गर्न सक्षम भएको छु,’ उनले भने। हालै एक बैठकमा सहभागी भएका उनी नयाँ अमेरिकाको परिभाषा गरिनुपर्ने तर्क राख्छन्। ‘बैठकमा सहभागी हुँदा कसैले भनेका थिए, तपाई अमेरिकीजस्तो देखिनुहुन्न। यसको अर्थ के हो ?’
सो प्रश्नले उनलाई को अमेरिकी हुन सक्छ ? भन्ने विषयमा अध्ययन गर्न प्रेरित गरेको थियो। ‘अमेरिका मेरो लागि सबै थोकको योग हो। सबैजना यहाँ आइरहेका छन्। त्यो अमेरिकामा मपनि आएको हुँ,’ उनले भने।

सन् २०२० को लागि उनले तयार गरेको ड्रेसमा देखिएका मोडलमार्फत उनले स्यासी र फुलसहितको प्रिन्टका नयाँ डिजाइनहरू ¥याम्पमा प्रस्तुत गरेका थिए। ‘संसारभरका मानिसहरूलाई अमेरिकाले स्वागत गरेको छ। ‘अमेरिकन ड्रिम’ लाई पछ्याउँदै यहाँ आएका मानिसहरूको परिचय दोस्रो दर्जाको हुनुहुन्न,’ उनले भने। प्राय रातो, पहेंलो र प्याजी रंगलाई प्रयोग गर्न मनपराउने उनले त्यसलाई यसपटकपनि प्राथमिकता दिएका छन्।

प्रकाशित: २४ भाद्र २०७६ ०३:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App