१५ चैत्र २०८० बिहीबार
कला

अनार्थ बालबालिकाको सहयोगार्थ युरोपमा कन्सर्ट हुने

काठमाडौं – नेपाली अनार्थ बालबालिकाको सहयोगार्थ युरोपमा कन्सर्टको आयोजना हुने भएको छ । ललितपुरस्थित सुन्दर र शान्त बाल कल्याणकारी संस्थाले अनार्थ बालबालिकाको सहयोगार्थ युरोपका विभिन्न देशमा सांगीतिक कार्यक्रमको आयोजना गर्दैछ ।

‘पिस एन्ड युनिटी, अ म्युजिकल टुर ’ नामक सांगीतिक कार्यक्रमा आगामी असोज २७ देखि कार्तिक ७ सम्म युरोपको डेनमार्क, बेल्जियम र पोर्चुगलमा आयोजना हुँदैछ ।

गायक सुगम पोखरेल, तृष्णा गुरुङ र वर्षा रावतले सांगीतिक कार्यक्रममा प्रस्तुति दिनेछन् । ‘नेपालका अनार्थ बालबालिकाको आधारभूत आवश्यकता पुरा गरी उनीहरूको शिक्षा दिक्षामा सहयोग गरेर सक्षम नागरिक बनाउन हामी लागि परेका छौं ।

यस सामाजिक कार्यको लागि सहयोगार्थ युरोपका विभिन्न देशमा सांगीतिक कार्यक्रमको आयोजना गर्दैछौं,’ आयोजक सुन्दर र शान्त बाल कल्याणकारी संस्थाका सचिव किरण श्रेष्ठले भने ।

प्रकाशित: १६ भाद्र २०७६ ०५:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App