६ वैशाख २०८१ बिहीबार
कला

काठमाडौँमा ‘अन्तर्राष्ट्रिय कला प्रदर्शनी’ हुने

काठमाडौँ- अन्तर्राष्ट्रिय जलरङ समाज ९आइडब्लुएस० नेपालको आोजना तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान ९नाफा० को सहकार्यमा काठमाडौँमा १० दिने ‘अन्तर्राष्ट्रिय कला प्रदर्शनी’ हुने भएको छ।     
समाजको तेस्रो स्थापना दिवसको अवसर पारेर यही भदौ ७ देखि १७ गतेसम्म काठमाडौँथित प्रतिष्ठानको कार्यालय नक्सालमा कला प्रदर्शनी हुने आइडब्लुएस नेपालका अध्यक्ष एनवी गुरुङले जानकारी दिए।     

उनका अनुसार प्रदर्शनीमा नेपालसहित भारत, बङ्गलादेश, चीनका चर्चित कलाकारको चित्रहरु समावेश हुनेछन्। प्रदर्शनीमा चीनबाट ११, बङ्गलादेशबाट ११, भारतबाट १५ र अरु नेपालको गरी झण्डै ९० वटा चित्र समावेश हुने जनाइएको छ। कलाको माध्यमबाट ती देशहरुबीच सम्बन्धलाई थप मजबुत बनाउने लक्ष्यसहित प्रदर्शनीको आयोजना गरिएको हो।     

प्रदर्शनीको तयारी अन्तिम चरणमा पुुगेको आयोजकले जनाएको छ। अन्तर्राष्ट्रिय जलरङ समाज नेपालका कोषाध्यक्ष भीम श्रेष्ठले कलाकारहरुको स्वतःफूर्तरुपमा उठेको सहयोगबाट प्रदर्शनी गर्न लागिएको जानकारी दिए। यसका लागि झण्डै दुई लाख रुपैयाँ खर्च लाग्ने अनुमान छ।    

प्रतिष्ठानको मूर्तिकला विभाग प्रमुख लालकाजी लामाले अन्तर्राष्ट्रिय क्षेत्रमा काम गरिसकेका कलाकारको चित्र समावेश हुने यस्ता प्रदर्शनीले सहभागी देशबीचको आपसी सम्बन्ध विस्तार हुने विश्वास व्यक्त गरे। यस्ता कार्यक्रमले जलरङबाट कला कोर्दै गरेका कलाकारको अनुभव आदानप्रदान हुने र नयाँ कलाकारलाई सिक्ने अवसर मिल्ने लामाले बताए।     

प्रदर्शनीमा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य, सदस्य सचिव विपिनकुमार घिमिरे, वरिष्ठ कलाकार श्यामलाल श्रेष्ठलगायतका अनुभवी र अगुवा कलाकारको चित्रहरु समावेश हुने आयोजकले जनाएको छ।रासस

 

प्रकाशित: ५ भाद्र २०७६ १३:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App