१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

बाघखोरमा ‘हिले जात्रा’

दोलखा – शैलुङ गाउँपालिकास्थित देउराली बाघखोर बजारमा स्थानीय कला र संस्कृतिको प्रवद्धन गर्दै ‘हिले जात्रा’ सुरु भएको छ। परम्परागत रूपमा आयोजना हुँदै आएको जात्राको उदघाटन मंगलबार पूर्व पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेल गरेका थिए।

तीन दिन चल्ने जात्रामा स्थानीय जातजातिको कला–संस्कृति र झाँकीहरू प्रदर्शन गरिएको छ। तामाङ समुदायले जात्राको दौरान डम्फुको तालमा सेलो भाका गाउँदै नाच प्रस्तुत गरेका थिए। चरिकोट बजारबाट गरिएको लाखे नाच, मारुनी नाच र भजन मन्डलीले विभिन्न प्रस्तुति दिएका थिए। स्थानीय नेवार समुदायको संस्कृति र कला झल्काउने प्रस्तुति दिए। बिहीबारसम्म चल्ने जात्राले स्थानीय शैलुङको प्रवद्धन दाबी स्थानीय सरकारले गरेको छ।

गाउँपालिकाको वडा नं ३ का अध्यक्ष ध्रुवकुमार श्रेष्ठका अनुसार हिले जात्रालाई भव्य रूपमा मनाइने चलन रहेको छ। ‘बाघखोर बजारका स्थानीय युवाहरुको सक्रियतामा भएको जात्राले शैलुङ क्षेत्रको पर्यटन विकासमा टेवा पुग्नेमा आशावादी छौं, ’ पूर्व पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले भने।

प्रकाशित: ५ भाद्र २०७६ ०४:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App