८ वैशाख २०८१ शनिबार
कला

पटकथा लेखन कार्यशाला सुरु

चित्लाङ – बलिउडका स्क्रिप्ट लेखक रोबिन भट्ट र हलिउडका जेफ मोनाहानले बुधबारदेखि चित्लाङमा पटकथा लेखन कार्यशाला दिइरहेका छन्। बुधबार प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले पटकथा लेखन कार्यशालाको उद्घाटन गरेका थिए।

चलचित्र विकास बोर्डको सहयोगमा नेपाल फिल्म एन्ड कल्चर एकेडेमीले आयोजना गरेको कार्यशालाको उद्घाटन समारोहमा बोल्दै मन्त्री जमरकट्टेलले भने, ‘फिल्म समाजको प्रतिबिम्ब हो। यसले सांस्कृतिक संरक्षणमा मद्दत पुु-याउँछ। तर, यसका लागि राज्यले ध्यान दिन नसकेको गुनासो सुन्ने गरिन्छ। सो गुनासोलाई सम्बोधन गर्दै हामीले दोलखामा फिल्म सिटी बनाउने कार्यलाई पजि तिब्रता दिने तरखरमा छौं।’

अभिनेता नीर शाहले नेपाली फिल्मलाई प्राज्ञिक पहिचान दिलाउन यस्ता कार्यशालाले सहयोग पु-याउने बताए। ‘हामीले नेपालमा विदेशी फिल्म लगभग विस्थापित गरिसक्यौं। अहिले फिल्म हलमा ६५ प्रतिशत दर्शक नेपाली फिल्मका छन्। तैपनि हामीले नेपाली फिल्मलाई प्राज्ञिक पहिचान दिलाउन सकेको छैनौं। यस्ता कार्यशालले नै त्यो पहिचान दिलाउन सहयोग पु-याउने हो।’

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले नेपाली फिल्मको पटकथा सुधारका लागि यो वकर्शपले भूमिका खेल्ने आशा व्यक्त गरे। ‘पटकथा फिल्मको मेरुदन्ड हो। यो बलियो भए फिल्म बलियो हुनसक्दैन,’उनले भने, ‘त्यसैले म बोर्ड बाहिर रहँदापनि पटकथा लेखन एकदमै महत्वपूर्ण महसुस गर्थें। यस्ता कार्यक्रम बोर्डले आयोजना गरे हुन्थ्यो भन्ने लाग्थ्यो त्यसैलेअहिले प्रस्ताव आउनासाथ सहकार्य गरियो।’

कार्यशालामा प्रशिक्षण रोबिन भट्टले बलिउडका फिल्महरु ‘बाजीगर’, ‘ओमकारा’, ‘कृष’, ‘चलते चलते’, ‘चेन्नइ एक्सप्रेस’ लगायत फिल्मको स्क्रिप्ट लेखेका थिए। त्यस्तै, जेफ भने अमेरिकाको न्युयोर्क फिल्म एकेडेमीमा पढाउँछन्।

‘नेपाल आउने रहर पहिला देखि नै थियो। आफ्नो लेखन यात्रा नेपालका लेखकसँग बाँड्न पाउँदा म साँच्चिकै उत्साहित छु,’ प्रशिक्षक भट्टले भने।

जेफसँगै मिलेर रोबिनले पटकथा लेखनका शैली, अभ्यास र व्याकरण सिकाउँदै छन्।

आयोजक एकेडेमीका अध्यक्ष केपी पाठकले नेपालमा फिल्म लेखकको कमीलाई महसुस गरी लेखन कार्यशाला आयोजना गरेको बताए। ‘राम्रो पटकथा कुनैपनि राम्रो फिल्मको आधार हो। कार्यशालाले यो क्षेत्रमा काम गरिरहेका लेखकलाई थप क्षमता विकासका लागि प्रेरित गर्ने अपेक्षा गरेका छौं,’ उनले भने। कार्यशालापछि सहभागी हरेकले एउटा पटकथा लेख्न पर्ने र त्यसबाट एक जना विजेता छान्ने बताइएको छ। उत्कृष्ट हुने पटकथालाई छोटो फिल्म बनाउनका लागि १ लाख नगद उपलब्ध गराउने अध्यक्ष पाठकले बताए। कार्यशाला ७ दिनसम्म चल्नेछ।

प्रकाशित: ५ भाद्र २०७६ ०३:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App