१६ चैत्र २०८० शुक्रबार
कला

अरूपण ग्यालरीमा ‘फ्रिडा काइलो’

काठमाडौं - मानिसको शरीर जब स्वतन्त्र भएर चल्न छोड्छ। तब, संसार अन्त्य भएको अनुभूत हुन्छ। स्वस्थ जन्मिएका कयौं मानिस दुर्घटना वा विभिन्न कारणले असक्त हुन पुग्छन्। अर्काको साहरामा बाँच्न विवश भएपछि जीवनप्रति उनीहरूको बुझाइमा परिवर्तन आउने गरेको छ। यस्तै मानिसहरुको भीडमा मेक्सिकोमा जन्मिएर अमेरिकामा जीवन बिताएकी चित्रकार फ्रिडा काहलो पर्छिन्। लाजिम्पाटस्थित अरूपण आर्ट ग्यालरीमा चित्रकार फ्रिडा काहलोको जीवनशैली झल्काउने विभिन्न १६ वटा स्टिकरलाई फ्रेममा राखिएर प्रदर्शनी गरिएको छ।

गत साउन २८ देखि सुरू ‘फ्रिडा काहलो’ नामक प्रदर्शनीमा ग्यालरीका सञ्चालक रमेश खनालले अमेरिकाको लस एन्जल्सस्थित काउन्टी म्युजियम अफ आर्ट (लाक्मा) बाट संकलन गरेको प्रिन्ट पेन्टिङहरू समावेश गरिएका छन्। ‘दुई वर्षअघि अमेरिकाको लस एन्जल्सस्थित काउन्टी म्युजियम अफ आर्ट भ्रमणका क्रममा चित्रकार काहलोको कलात्मक र आकर्षित चित्रकला प्रत्यक्ष हेर्ने अवसर पाएको थिए। सो क्रममा संकलन गरेको प्रिन्ट पेन्टिङहरूलाई फ्रेमिङ गरेर प्रदर्शनीमा राखिएको हो,’ अरूपण आर्ट ग्यालरीका सञ्चालक रमेश खनालले भने।

२० वर्षको उमेरमा सडक दुर्घटनामा परेकी असक्त भएकी चित्रकार काहलोले ह्वीलचियरको साहरामा जीवन बिताउन बाध्य भएकी थिइन्। ह्वीलचियरमा बसेर उनले एक्लोपनबाट मुक्त पाउन विभिन्न चित्रकलाहरू कोरेकी थिइन्। आफ्नो शारीरिक अवस्थालाई जनावर र बोटविरुवासँग तुलना गरेर उनले बनाएको चित्रहरू संसारभर चर्चित छन्। झण्डै २७ वर्ष चित्रकला बनाएर बिताएकी चित्रकार काहलो, यो संसारमा नभएपनि उनको कला संसारभर चर्चित भएका थिए। निडर महिलाको रूपमा परिचित उनले आफ्नो जीवनको यर्थाथलाई चित्रमा समेट्ने गरेकी थिइन्।

‘दुर्घटनामा परेपनि चित्रकार काइलो निराश भएर बसिनन्। बरू उनले जीवनको सत्यतालाई नलुकाएर जस्तोको तस्तै क्यानभासमा उतारेकी थिइन्। प्रदर्शनीमा राखिएका चित्रकलामा उनको जीवनसँग सम्बन्धित विभिन्न पक्षलाई केलाइएको छ,’ ग्यालरी सञ्चालक खनालले भने।

प्रदर्शनीमा राखिएको ‘द लिटल हर्ट’ नाम चित्रकलामा चित्रकार काइलोले जनावरप्रतिको आफ्नो प्रेमलाई प्रस्तुत गरेकी छिन्। जसमा उनले अनुहार आफ्नो राखेकी छन् भने शरीर जनावरको छ। सो चित्रबाट उनले आफू र जनावरबीचको फरकपनालाई देखाउन खोजेकी छिन्। ‘माई नर्स एन्ड आई’ नामक चित्रमा दुर्घटनापछि चित्रकार काइलोले आमाबुबाले छाडेर हिड्दा नर्ससँग बिताएका क्षणलाई कलात्मक शैलीमा प्रस्तुत गरेकी छिन्। त्यस्तै ‘फ्रुट्स अफ द अर्थ’ नामक चित्रकलामा उनले फलफूललाई जस्ताको तस्तै चित्रमा उतारेकी छिन्। प्रदर्शनी आमागी भदौ १७ सम्म चल्नेछ।

प्रकाशित: ४ भाद्र २०७६ १०:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App