७ वैशाख २०८१ शुक्रबार
कला

‘हिरो नेपाल’ प्रतियोगिताको घोषणा,प्रथम हुनेले १० लाख पाउने

काठमाडौं – नेपालमा पहिलो पटक 'हिरो नेपाल' प्रतियोगिता हुने भएको छ। अन्तरनिहित प्रतिभालाई उजागर गर्न उक्त प्रतियोगिता आयोजन गर्न लागिएको आयोजक एक्टिभ प्रोडक्सन एण्ड मिडियाकी प्रमुख कार्यकारी अधिकृत उमा श्रेष्ठले जानकारी दिइन्।

प्रतियोगितामा स्वदेश तथा विदेशमा रहेका जुनसुकै उमेर समूहका नेपालीले भाग लिन पाउने श्रेष्ठले बताइन्। हिरो नेपालमा विभिन्न जातजातिले आफ्नो कला तथा संस्कृतिलाई प्रवद्र्धन गर्न सक्ने र नयाँ पिँढीले पनि सिक्ने माध्यमका रुपमा यो मञ्चलाई प्रयोग गर्न सक्ने उनकाे भनाइ छ।

प्रतियोगितामा प्रथम हुनेले १० लाख, द्वितियले ८ र तृतिय हुनेले ६ लाख पुरस्कार पाउनेछन्। ३ महिनाको यो इभेन्ट प्रोग्रामको प्रोमोशनल शुटिङ भैसको र केही दिनपछि अडिसन सुरु गरिने आयोजकले जानकारी दिएको छ।

आयोजकको वेबसाइटमा लगइन गरेर वा हिरो नेपालको एप डाउनलोड गरेर पनि रजिष्ट्रिेसन गर्न सकिने आयोजकले जनाएको छ।

प्रकाशित: ३१ श्रावण २०७६ ०७:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App