१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

प्रकाशलाई संगीत पुरस्कार

ललितपुर  – यस वर्षको गोपाल योञ्जनको संगीत स्मृति पुरस्कारबाट गायक प्रकाश श्रेष्ठलाई पुरस्कृत गरिएको छ। संगीतकार गोपाल योञ्जनको ७६ औं जन्मजयन्तीका अवसरमा बिहीबार शुभारम्भ द म्युजिकल जोर्नीले आयोजना गरेको कार्यक्रममा गायक श्रेष्ठलाई पुरस्कृत गरिएको थियो।

कार्यक्रममा गायक श्रेष्ठले संगीतकार गोपाल योञ्जनका विभिन्न गीतहरू गाएर सुनाएका थिए। लामो समयदेखि नेपाली संगीतमा सक्रिय रहेर यस क्षेत्रको विकासको लागि योगदान पु¥याएबापत गायक श्रेष्ठलाई पुरस्कृत गरिएको जानकारी द म्युजिकल जोर्नीका संस्थापक प्रकाश सयामीले दिए। ‘लामो समयदेखि नेपाली संगीतमा रहेर यस क्षेत्रको विकासको लागि योगदान पु¥याएबापत गायक श्रेष्ठलाई गोपाल योञ्जन संगीत स्मृति पुरस्कारबाट पुरस्कृत गरिएको हो, ’उनले भने, ‘नेपाली संगीतको विभिन्न विधामध्येबाट छनोट भएका एक स्रष्टालाई यो पुरस्कार प्रदान गरिँदै आएको छ।’

कार्यक्रममा बोल्दै संगीतकार चेतन कार्कीले गोपाल योञ्जनले नेपाली संगीत क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए। ‘नेपाल संगीत क्षेत्रमा संगीतकार गोपाल योञ्जनको योगदान अमुल्य रहेको छ,’ उनले भने।

पुरस्कार ग्रहण गर्दै गायक श्रेष्ठ संगीतकार योञ्जनसँगको सहकार्य गर्दाको अनुभव सुनाए। विसं. २०३८ सालमा संगीतकार गोपाल योञ्जनको संगतमा पुगेका उनले कार्यक्रममा भने, ‘संगीतकार योञ्जनको संगतबाट मेरो संगीतको यात्रा सुरू गरेको थिएँ। उनले मलाई संगीतका विभिन्न पक्षहरू सिकाएका थिए।’

कार्यक्रममा गायक शैलेश सिंह, प्राश्ना शाक्य, कविता बराईली, अभिश्री कास्प्य, समान्ता थापा, आयुष्मान बिष्ट, मथुरा प्रधान र प्रवीन शाही लगायतले सांगीतिक प्रस्तुति दिएका थिए।

प्रकाशित: ३१ श्रावण २०७६ ०३:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App