coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

एसियन मार्केटमा निर्माता खोज्दै नेपालका फिल्म

काठमाडौं – यस वर्षको बुसान अन्तर्राष्ट्रिय फिल्म महोत्सव अन्तर्गत एसियन प्रोजेक्ट मार्केटमा नेपालको दुई फिल्मको स्क्रिप्ट छनोट भएका छन्। निर्देशक विनोद पौडेलको ‘एक्रोन इन्टरनेसनल’ र राजेशप्रसाद खत्रीको ‘ब्ल्याक एन्ड ह्वाइट फोटो’ फिल्मको स्क्रिप्ट बुसान अन्तर्राष्ट्रिय फिल्म महोत्सव अन्तर्गत एसियन प्रोजेक्ट मार्केटमा सहभागी हुनेछन्।

आगामी अक्टोबर ६ देखि ८ सम्म आयोजना हुने एसियन मार्केटमा २९ वटा फिल्मका स्क्रिप्टहरू छनोट भएका छन्। सो मार्केटमा छनोट भएको ‘ब्ल्याक एन्ड ह्वाइट फोटो’ फिल्मलाई फिल्ममेकर मिन भाम र ‘एक्रोन इन्टरनेसनल’ लाई यातिन पर्खानीले निर्माण गर्दैछन्। राजेशप्रसाद खत्रीको ‘ब्ल्याक एन्ड ह्वाइट फोटो’ ले महोत्सवको एसिया सिनेमा फन्ड समेत प्राप्त गरेको छ। निर्देशक विनोद पौडेलका अनुसार एसियन प्रोजेक्ट मार्केटमा छनोट भएपनि निर्माता खोज्ने बाटो सहज हुनेछ।

यस वर्ष नेपालबाहेक, कोरिया, चीन, फिलिपिन्स, जापान, भारत, मलेसिया र इन्डोनेसियालगायत देशको फिल्महरू एसियन प्रोजेक्ट मार्केटमा सहभागी हुनेछन्। मार्केटमा सहभागी हुने ६० देशमा फिल्महरूका तीन सय ८४ प्रोजेक्टहरू आवेदन परेको थियो। दक्षिण कोरियाको बुसानमा आगामी अक्टोबर ३ देखि १२ सम्म महोत्सव आयोजना हुँदैछ।

एसियाका फिल्ममेकरलाई प्रोत्साहित गर्न आयोजना हुँदै आएको एसियन प्रोजेक्ट मार्केट फिल्मका निर्देशकले संसारभरबाट आएका निर्मातालाई आ–आफ्नो फिल्मको स्टोरी पिच गर्नेछन्।

 

प्रकाशित: २६ श्रावण २०७६ ०७:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App