६ वैशाख २०८१ बिहीबार
कला

रोमान्टिक फिल्म फ्लप भएपछि के सोच्दैछन शाहरुख?

मुम्बई– बक्स अफिसमा बलिउड बादशाह शाहरुख खानका पछिल्ला २ फिल्म फ्लप भए। असफल भएका शाहरुखका दुई फिल्म अनुष्का शर्मासँग स्क्रिन शेयर गरेको ‘जब हैरी मिट सेजल’ र भर्खरै प्रदर्शन भएको अनुष्का र कट्रिना कैफ स्टारर ‘जिरो’ हुन्। दुबै प्रेम कथामा आधारित रोमान्टिक फिल्म हुन्। 

लगातार रोमान्टिक फिल्म फ्लप भएपछि शाहरुखले हालसम्म नयाँ फिल्ममा काम गरेका छैनन्। रोमान्स किङ्गका रुपमा परिचित शाहरुखका रोमान्टिक फिल्म नचलेपछि अब उनी आफ्नो अभिनयको धार परिवर्तन गर्ने निर्णय लिएका छन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार उनी नयाँ पुस्तालाई केन्द्रमा राख्दै एक्सन फिल्मतिर आकर्षित भएका छन्। जिरो र जब हैरी मिट सेजलभन्दा पहिला प्रदर्शनमा आएको रईसले बक्स अफिसमा राम्रो कारोवार गरेको थियो। एक्सन फिल्म रईसमा शाहरुखको फाइट दर्शकले रुचाएका थिए। रोमान्टिक फिल्मको असफलताले स्टारडममाथि नै प्रश्न उठेपछि शाहरुख अब आफूले खेल्ने फिल्मको धार नै परिवर्तन गर्ने निष्कर्षमा पुगेका हुन्। 

फिल्म समीक्षक राजीव मसंदसँगको अन्तर्वार्तामा शाहरुखले आफू अब एक्सन फिल्मतिर केन्द्रीत हुनेबारे सोचिरहेको बताए। आफूले अहिले कुनै फिल्ममा साइन नगरेको भन्दै उनले स्क्रिप्ट अध्ययन गरिरहेको जानकारी दिए। 

प्रकाशित: २५ श्रावण २०७६ १३:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App