८ वैशाख २०८१ शनिबार
कला

घाटामा श्रद्धा

मुम्बई  – बलिउड अभिनेत्री श्रद्धा कपुर र प्रभासको ‘साहो’ र निर्देशक नितेश तिवारीको नयाँ फिल्म ‘छिछोरे’ आगामी अगस्ट ३० मा रिलिज हुने भएको छ । दुई फिल्मको मुख्य अभिनेत्री भने श्रद्धा कपुरलाई यत्तिखेर तनाव सुरू भएको छ । एकै तारिखमा उनी अभिनित दुई वटा फिल्म रिलिज हुने भएपछि फिल्मका निर्देशकहरूलाई अप्ठ्यारो परेको छ ।

यसअघि ‘साहो’ अगस्ट १५ मा रिलिज हुने भनेको थियो । सो तारिखमा अभिनेता जोन अब्राहमको ‘बाटला हाउस’ र अक्षय कुमारको ‘मिशन मंगल’ रिलिज हुने भएपछि ‘साहो’ ले आफ्नो रिलिज प्राविधिक कारण देखाउँदै अगस्ट ३० मा सारेको थियो । ‘स्ट्रिट डान्सर थ्रीडी’ फिल्मको सुटिङको क्रममा घाइते भएकी अभिनेत्री कपुर दुवै फिल्मको प्रमोसनमा सक्रिय हुन पाएकी छैनन् ।
 
 

प्रकाशित: २० श्रावण २०७६ ०३:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App