८ वैशाख २०८१ शनिबार
कला

जोलले नेपालमा आधारित कथामा फिल्म बनाउँदै

न्युर्योक  – अभिनेता जोल डेभिट मूरले नैतिक र राजनैतिक विषयवस्तुलाई केन्द्रित गरेर बाल्कोनी नाइन प्रोडक्सन फन्डको सुरुवात गरेका छन् । ‘अवतार’ फिल्मका अभिनेता मूरले लगानीकर्ता ऋषि बजाजसँगको साझेदारीमा सुरुवात गरेको फन्डले फिल्मको प्राविधिक, लेखकहरू र फिल्मको प्रोडक्सनमा केन्द्रित हुनेछ ।

बाल्कोनी नाइन कोनोर ग्रेन्ननको ‘लिटिल प्रिन्सेस’ पुस्तक मा आधारित प्रोजेक्टमा काम गर्न तयारी गरिरहेको छ । ‘द म्यान हु न्युउ इन्फिनिटी’ का निर्देशक म्याट ब्राउनले पुस्तकमा आधारित फिल्मलाई निर्देशन गर्दैछन् ।

लेखक ग्रेन्ननको पुस्तकमा नेपालमा हराएको बच्चाको खोजीको कथा समेटिएको छ । द्वन्द्वकालमा पर्यटकको रूपमा सगरमाथा आरोहणमा जाँदा काठमाडौंबाट हराएको बच्चाको कथालाई तयार पारेर लेखकले पुस्तक लेखेका छन् । हाल लेखक यी बच्चाहरूलाई भेट्न नेपाल आएका छन् ।

प्रकाशित: १९ श्रावण २०७६ ०५:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App