७ वैशाख २०८१ शुक्रबार
कला

नारीलाई अपमान गर्दै 'सवारी साहित्य'

काठमाडौं -
हतार नगर स्वार्गमा बास छैन्
बुढा अरवको खाडीमा
बुढी अर्काको गाडीमा
खस्यो नीम पत्ता    
तीन वर्षमा बुढा फर्किदा बुढी बेपत्ता

काठमाडौं उपत्यकाका गुड्ने एउटा लोकल गाडीको पछाडी लेखिएको यो हरफले सुन्दा रमाइलो लाग्छ। यसको व्यंग्यात्मक सन्देशले रोजगारका गएका नेपाली कामदारको पीडा समेटेको छ। यस हरफले नेपाली समाजका महिलाहरूको अपमान गरेको छ।

‘खलासीले धेरै तरुनी छुन्छ ड्राइभरले छुँदैन,
ड्राइभरको जति श्रीमती हुन्छन् खलासीको हुँदैन’

सार्वजनिक रूपमा बोल्न नमिल्ने यस्ता शब्दहरुले अश्लिल हुने भएकाले महिलालाई दुव्र्यवहार गरेका छन्। बस र ट्रकमा लेखिने साहित्य र त्यसको सिर्जनामा पोखिने भावले महत्वपूर्ण भूमिका खेल्ने गरेको छ। पछिल्लो समय क्षणिक रमाइलोका लागि उत्पीडित वर्ग तथा खासगरी महिलालाई हेपेर बस र ट्रक साहित्यहरू तयार हुने गरेका छन्। गतिशील यस्ता सवारी साधनहरू एक ठाउँमा नबस्ने हुँदा यसले समाजमा असर गर्ने स्रष्ट्राहरू बताउँछन्।

कलाकार शिवा रानाले विगत १७ वर्षदेखि बस, ट्रिपर, माइक्रो बस र ट्याक्सीलगायत सवारी साधनहरूको पछाडी यस्ता साहित्य लेखिरहेका छन्। स्थायी ठेगाना नेपालगञ्ज भएपनि उनी काठमाडौंको भृकुटीचोकमा आउने बस, ट्रिपर, माइक्रो बस र ट्याक्सीलगायत सवारी साधनहरूमा रोचक र चेतनामूलक साहित्य लेख्ने गर्छन्। ‘नेपाली चित्रकला पढेलगत्तै साहित्य लेखहरू विभिन्न सवारी साधनमा कोर्न सुरू गरेको थिए। नेपाली समाजमा सकारात्मक सन्देश पु¥याउने खालका साहित्यहरूलाई प्राथमिकतामा राखेर लेखिरहेको छु,’ उनले भने, ‘अधिकांश सवारी चालक र सहचालकहरूले आफैं यस्ता साहित्यहरू लेखेर ल्याउने गर्छन्। उनीहरुले भनेअनुसार लेखिदिनै पर्यो।’

अधिकांश सवारी चालक र सहचालकहरूले मनको पीडा, सामाजिक वितृष्णा र विछोडका पीडाहरूमाथि साहित्य लेख्ने गर्छन्। सवारी साधनको पछाडी यस्ता साहित्य लेख्दा मनमा आनन्द हुने गरेको प्रतिक्रिया धेरै सवारी चालकहरूले उनलाई दिएका छन्। ‘मनका भावहरू सवारी साधनमा लेख्दा धेरै चालकहरूले आनन्द महसुस गर्ने गरेका छन्। कोही चालकहरू आफैं साहित्य कोर्ने गर्छन्,’उनले भने। लामो रुटमा गुड्ने सवारी साधनमा लेखिने रोचक साहित्यहरू पढेर आनन्द लिने यात्रीहरू उत्तिकै छन्। मनोरञ्जनको रूपमा पढिने यस्ता साहित्य व्यंग्यात्मक हुने गरेको छ।

प्रविधिको विकासँगै सवारी साधनमा लेखिने साहित्यहरुसँग स्टिकरको प्रयोगपनि ह्वात्तै बढेको छ। ‘प्रविधिको प्रयोगसँग अहिले हात र स्टिकर टाँस्ने प्रचलन बढेको छ,’ उनले भने।

बौद्ध, जोरपाटी, गौशला र रत्नपार्क लगायत रुटमा चल्ने सवारी साधनको पछाडी ‘गल्फ्रेन्डको चक्कर र टिपरको ठक्करबाट बचौँ’ भन्ने सन्देशसहितको लेख लेखिएका हुन्छन्। काठमाडौं उपत्यकामा रहेको टिपर आतंकलाई व्यंग्य गर्दै सर्वसाधारणहरूका लागि लेखिएको यस लेखमा महिलालाई मनोरञ्जनको रूपमा प्रयोग गरिएको छ।
बा २ ज ४०९३ नम्बरका ट्याक्सी चालक आशन राईले प्रेममा धोका हुँदाको पीडालाई ट्याक्सीको पछाडी लेखेका छन्। ‘तिमी छौँ र म छु, सब थोक छ यहाँ, जस्तो छ माटो..त्यस्तै छ प्रेम,’ उनको ट्याक्सीको पछाडी लेखिएको भावले माया भए सबै कुरा राम्रो हुने उल्लेख गरिएको छ। ‘प्रेममा धोका हुँदा आफ्नो अवस्थालाई बाहिर उर्तान लेख लेखिन्छ,’उनले भने, ‘चेतनामूलकपनि लेखिन्छ।’ उनका अनुसार मनको पीडालाई सवारीको पछाडी लेख्दा मन हलुंगो हुने गर्छ।
‘खरानी मुछेर दरबार हुँदैन, टिनको पाताको तरबार हुँदैन !
एउटा कुरा याद राख केटा हो, फेसबुकमा लभ गरेर घरबार हुँदैन !!’
सामाजिक सञ्जालका कारण बढ्दो प्रेम सम्बन्धलाई साहित्यमार्फत व्यंग्य गरिएको हो हरफ बौद्ध–रत्नपार्क चल्ने माइक्रोमा उल्लेख गरिएको छ।

प्रकाशित: १७ श्रावण २०७६ ०२:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App